फोटो फिचर
तोरी खेतीमा पुनः आकर्षित चितवनका किसान, मौसम खुल्दा पहेँलै देखियो सौराहा (तस्बिरहरू)
मङ्गलबार, १५ पुस २०८२, ०९ : ४१
सारांश
- चितवनमा तोरी उत्पादन पछिल्ला वर्षहरूमा बढेको छ, किनभने किसानहरू आकर्षित भएका छन्।
- २०७६ सालपछि तोरीको क्षेत्रफल र उत्पादकत्व दुवै बढेको छ, र यो वर्ष खेती विस्तार भएको छ।
- चितवनको तोरी गुणस्तरीय मानिन्छ, र सरकारको सहयोगले उत्पादन अझै बढ्न सक्छ।
काठमाडौँ । तोरी धेरै उत्पादन हुने जिल्लाका रूपमा चिनिने चितवनमा केही समय उत्पादन घटे पनि पछिल्ला वर्षमा पुनः उल्लेख्य वृद्धि भएको छ । उर्वर माटो, प्राङ्गारिक मलको प्रयोग, उन्नत जातका बीउ, तोरीको तेलको बढ्दो मूल्य तथा जङ्गली जनावरबाट कम क्षति हुने भएकाले किसानहरू तोरीखेतीतर्फ आकर्षित भएका छन् ।
विसं २०७६ पछि तोरीको क्षेत्रफल र उत्पादकत्व दुवै बढ्दै गएको छ । यस वर्ष चितवनमा २१ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ, जुन गत वर्षको तुलनामा बढी हो । धान, मकै, गहुँ र दलहनको सट्टा तोरी लगाउने प्रवृत्ति बढ्दो छ ।
_lOogIK4Kri.jpg)
चितवनको तोरी गुणस्तरीय मानिन्छ र यहाँ उत्पादन भएको तोरीको तेल देशका प्रमुख सहरहरूमा आपूर्ति हुँदै आएको छ । सरकारको प्रवर्द्धन, अनुसन्धान तथा उन्नत बीउ उपलब्ध भए थप उत्पादन वृद्धि सम्भव देखिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_EMvC8zilIP.jpg)
_BVCcIi0SCO.jpg)
_0TcryYjt2r.jpg)
_9ExHhLyhgx.jpg)
_0S5HN9CtV5.jpg)
_hUHFF6jzdm.jpg)
_qwAmk5wHkz.jpg)
_mrCuBGH59K.jpg)
_OT1uwSs06w.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण