शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नेपाली कांग्रेस

कांग्रेसको समानुपातिक सूचीमा कोशीबाट को को परे १८ जना ? (नामसहित)

मङ्गलबार, १५ पुस २०८२, १५ : १२
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसले कोशी प्रदेशबाट समानुपातिक प्रणालीतर्फ १८ जनाको नाम बन्दसूचीमा समावेश गरेको छ।
  • आदिवासी जनजाति, खस आर्य, थारू, दलित र मुस्लिम क्लस्टरबाट नामहरू समावेश गरिएको छ।
  • सूचीमा विभिन्न जिल्लाका नेताहरूको नाम रहेको छ।

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेशबाट समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा १८ जनाको नाम समावेश गरेको छ ।

पाँच क्लस्टरबाट कांग्रेसले १८ जनाको नाम बन्दसूचीमा राखेको हो । कोशी प्रदेश केन्द्रीय नेताहरूसँगको समन्वयमा कोशी प्रदेश कार्यसमितिले आदिवासी जनजातीका ४ पुरुष र ५ महिला गरी ९ जना, खस आर्यतर्फका ४ महिला, थारूका १ महिला, दलितका १ महिला र १ पुरुष तथा मुस्लिमका १ महिला र १ पुरुष गरी १८ जनाको नाम समावेश गरिएको हो ।  

रातोपाटीले प्राप्त गरेको सूचीअनुसार आदिवासी जनजाती पुरुषतर्फ केन्द्रीय सहमहामन्त्री भिष्मराज आङ्देम्बे पाँचथर, गोपालमानसिंह भण्डारी मोरङ, थलकुमार लिंखा संखुवासभा, विजय सोम्वाहाम्फे तेह्रथुम छन् । आदिवासी जनजाती महिलातर्फ गीता गुरुङ सोलुखुम्बु, गीताकुमारी सेन्दाङ ताप्लेजुङ, सविता राई ओखलढुंगा, प्रमिका रानामगर इलाम र निर्मला गुरुङ सुनसरी छन् ।

खसआर्यतर्फ पार्टीका केन्द्रीय सदस्य त्रल सुशीला ढकाल आचार्य झापा, रुक्मिणी कोइराला मोरङ, गोमकुमारी भट्टराई झापा तथा रिना उप्रेती सोलुखुम्बु छन्, उप्रेती केन्द्रीस्य सदस्य बलबहादुर केसीकी श्रीमती हुन् ।

थारू क्लस्टरबाट डा. प्रमिला गच्छदार (मोरङ)को नाम राखिएको छ । दलितबाट मनुमाया विश्वकर्मा झापा र चन्द्रेश्वर शर्मा खत्वे (सुनसरी)को नाम राखिएको छ । त्यस्तै मुस्लिम क्लस्टरबाट नागमा शाहिद अन्सारी (सुनसरी) तथा जमिल अख्तर मिया (सुनसरी)को नाम राखिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप