बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

केन्द्रीय कारागारबाट भागेका बलात्कार मुद्दाका प्रतिवादी पक्राउ

मङ्गलबार, १५ पुस २०८२, १६ : १७
मङ्गलबार, १५ पुस २०८२

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका एक जना प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर शिखरगढी गाउँपालिका वडा नम्बर २ घर भएर भक्तपुरको थिमी बस्ने ४२ वर्षीय सुर्य बहादुर घलान छन् ।

प्रहरी वृत्त जागातीबाट खटिएको टोलीले उनलाई मंगलबार दिउँसो सुर्यबिनायक नगरपालिका–५ कटुन्जेबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए । 

प्रतिवादी घलान बलात्कार मुद्दामा जेल परेका थिए । उनी भदौ २४ मा जेनजी प्रदर्शनको क्रममा भागेका थिए । प्रहरीले उनलाई कारागार बुझाउने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप