जेनजी सहिद धिरजका बुवा नारायण कांग्रेसका समानुपातिक उम्मेदवार
मङ्गलबार, १५ पुस २०८२, १८ : ०३
काठमाडौँ । नेपाली कांग्रेसले जेनजी आन्दोलनमा सहिद भएका काठमाडौँका धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ ।
कांग्रेसले मंगलबार बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा नारायणको नाम ४८ नम्बरमा समेटिएको छ । कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले गरेको सिफारिस अनुरूप नारायणलाई उम्मेदवार बनाइएको नेताहरूले बताएका छन् ।
काठमाडौँ क्षेत्र नम्बर ७ का बासिन्दा नारायण कांग्रेसको लोकतान्त्रिक जनजाति सङ्घ काठमाडौँ क्षेत्र नम्बर ७ प्रदेश सभा क्षेत्र (ख) का सभापति रहेको कांग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण