आर्सनलको दबदबा कायमैः एस्टन भिल्लामाथि ४–१ को शानदार जित
सारांश
- आर्सनलले एस्टन भिल्लालाई ४-१ ले पराजित गर्दै प्रिमियर लिगमा जित हासिल गर्यो।
- गाब्रिएल मागाल्हेस, मार्टिन ओडेगार्ड, लिएन्ड्रो ट्रोसार्ड र गाब्रिएल जेसुसले आर्सनलका लागि गोल गरे।
- जितसँगै आर्सनल ४५ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ, भने एस्टन भिल्ला तेस्रो स्थानमा छ।
काठमाडौँ । प्रिमियर लिगमा आर्सनलले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै एस्टन भिल्लामाथि ४-१ को प्रभावशाली जित हात पारेको छ । घरेलु मैदानमा बुधबार भएको खेलमा आर्सनलले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्दै स्पष्ट जित निकाल्यो ।
खेलको ४८औँ मिनेटमा गाब्रिएल मागाल्हेसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यसपछि ५२ औँ मिनेटमा मार्टिन जुबिमेन्डीले गोल थपे भने ६९ औँ मिनेटमा लिएन्ड्रो ट्रोसार्डले तेस्रो गोल गर्दै खेललाई आर्सनलको पक्षमा झन् सजिलो बनाए । ७८औँ मिनेटमा गाब्रिएल जेसुसले गोल गर्दै आर्सनलको जित पक्का गरे ।
एस्टन भिल्लाका लागि इन्जुरी समयमा ओली वाट्किन्सले सान्त्वना गोल फर्काए पनि हार टार्न भने सकेनन् ।
यस जितसँगै आर्सनल ४५ अंकसहित लिग तालिकाको पहिलो स्थानमा मजबुत बनेको छ । यता एस्टन भिल्ला ३९ अंकका साथ तेस्रो स्थानमा सीमित रहेको छ ।
यस्तै बुधबार नै सम्पन्न अर्काे खेलमा वेस्ट ह्याम युनाइटेड र ब्राइटनबिचकाे खेल २–२ काे बराबरीमा सम्पन्न भएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण