खालिदा जियाको मृत्युपछि नौ नेताहरूलाई बीएनपीले पार्टीबाट निकाल्यो
सारांश
- बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी)ले नौ जना नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ।
- पार्टीले निष्कासित नेताहरूलाई पार्टीको निर्णय उल्लङ्घन गरेको र स्वतन्त्र रूपमा गतिविधि गरेको आरोप लगाएको छ।
- निष्कासित हुनेहरूमा बीएनपीका विभिन्न तहका नेताहरू रहेका छन्, जसले स्वतन्त्र चुनाव लडेका थिए।
ढाका । बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी)ले नौ जना नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ । यसमा बीएनपीको राष्ट्रिय कार्यकारिणीका अन्तर्राष्ट्रिय मामिलाका सह–सचिव रुमिन फरहाना पनि समावेश छन् ।
बीबीसी बंगलाकाअनुसार, पार्टीले निष्कासित नेताहरूलाई पार्टीको निर्णय उल्लङ्घन गरेको र स्वतन्त्र रूपमा सङ्गठनात्मक गतिविधिहरू सञ्चालन गरेको आरोप लगाएको छ । पार्टीका वरिष्ठ सह–महासचिव रुहुल कबीर रिजवीले मंगलबार एक विज्ञप्तिमा यसबारे बताएका छन् ।
निष्कासितहरूको सूचीमा बीएनपी कार्यकारी समिति सदस्य मोहम्मद गियास उद्दिन, बीएनपी नेताहरू मोहम्मद शाह आलम, हसन मामुन र अब्दुल खालिक, केन्द्रीय विद्यार्थी पार्टीका पूर्व उपाध्यक्ष तथा बङ्गलादेश हिन्दू बौद्ध क्रिश्चियन कल्याण मोर्चाका महासचिव तरुण दे रहेका छन् । अन्यमा ढाका महानगर उत्तर बीएनपीका पूर्व संयोजक सैफुल आलम, सिल्हेट जिल्ला बीएनपीका उपाध्यक्ष मामुनुर रशिद र ब्राह्मणबारिया बञ्चरामपुर उपजिल्ला बीएनपी अध्यक्ष मेहदी हसन पनि निष्कासितको सूचिमा छन् ।
सूचनामा उनीहरूलाई प्राथमिक सदस्यतासहित पार्टीका सबै तहका पदहरूबाट निष्कासन गरिएको उल्लेख छ । धेरै निष्कासित नेताहरूले पार्टीको मनोनयन नलिई स्वतन्त्र रूपमा चुनाव लडिरहेका छन् । पार्टीको निर्णय विपरीत चुनाव लडेकोले उनीहरूलाई पार्टीबाट निष्कासित गरिएको खबर छ । यसअघि रुमिन फरहानाले स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्ने घोषणा गरेर पार्टीबाट राजीनामा पनि दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण