पुटिनले फिर्ता बोलाए रिजर्भ सेना
सारांश
- युक्रेनले ड्रोन आक्रमण बढाएपछि रुसले आन्तरिक सुरक्षाका लागि कदम चालेको छ।
- राष्ट्रपति पुटिनले महत्त्वपूर्ण प्रतिष्ठान र पूर्वाधारको सुरक्षाका लागि रिजर्भ सेना फिर्ता बोलाउने आदेश दिए।
- आदेशअनुसार, रिजर्भमा रहेका नागरिकलाई विशेष प्रशिक्षण दिई सुरक्षामा खटाइनेछ।
मस्को । पछिल्ला दिन युक्रेनले रुसमाथि ड्रोन आक्रमण बढाएको छ । यही बिचमा रुसले आफ्नो आन्तरिक सुरक्षातर्फ एउटा ठुलो कदम चालेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशभरका महत्त्वपूर्ण प्रतिष्ठान र पूर्वाधारहरूको सुरक्षाका लागि युद्धका लागि राखिएका ‘रिजर्भ’ फिर्ता बोलाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
हालै भल्दाईमा रहेको पुटिनको निवास नजिकै ड्रोन आक्रमण भएको खबर बाहिर आएलगत्तै उक्त कदम चालिएको हो । रिजर्भ सेना फिर्ता बोलाउनुलाई रुसले अब आन्तरिक सुरक्षामा बढी ध्यान दिइरहेको रुपमा अर्थ्याउन लागिएको छ ।
राष्ट्रपति पुटिनको आदेशअनुसार, सन् २०२६ मा रुसी सशस्त्र बलको मोबिलाइजेशन रिजर्भमा सामेल रहेका नागरिकहरूलाई विशेष प्रशिक्षण शिविरहरूमा पठाइनेछ । यिनीहरूको काम देशका महत्त्वपूर्ण प्रतिष्ठान र पूर्वाधारहरूको सुरक्षा सुनिश्चित गर्नु हुनेछ । यो आदेश तुरुन्तै लागू हुने बताइएको छ ।
यी प्रतिष्ठानहरूको गरिनेछ सुरक्षा
आदेशमार्फत रुसी सरकारलाई महत्त्वपूर्ण प्रतिष्ठानहरू र अन्य आवश्यक पूर्वाधारहरूको सूचीलाई अन्तिम रूप दिन निर्देशन दिइएको छ । यसमा ऊर्जा केन्द्र, यातायात नेटवर्क र रणनीतिक संस्था आदि समावेश हुन सक्नेछन् । विशेष प्रशिक्षण अभ्यासहरू सञ्चालन गर्ने सैन्य एकाइहरूको पहिचान गर्ने जिम्मेवारी रक्षा मन्त्रालयलाई दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण