‘सम्बन्धविच्छेदपछि परिवार र साथीभाइले समेत आलोचना गरे, तर मलाई कुनै पछुतो छैन’
सारांश
- बलिउड अभिनेत्री मलाइका अरोडाले अरबाज खानसँगको सम्बन्धविच्छेद र त्यसपछिका चुनौतीबारे कुरा गरिन्।
- २० वर्षको वैवाहिक जीवनपछि सम्बन्धविच्छेद गर्दा परिवार र साथीहरूबाट समेत आलोचना खेप्नुपरेको उनले बताइन्।
- मलाइकाले आफ्नो खुसीका लागि सम्बन्धविच्छेद गरेको र विवाहको अवधारणामा विश्वास कायमै रहेको बताइन्।
मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले अभिनेता अरबाज खानसँगको सम्बन्धविच्छेद र त्यसपछि भोगेका सामाजिक चुनौतीका बारेमा कुराकानी गरेकी छिन्।
सन् १९९७ मा विवाह बन्धनमा बाँधिएका मलाइका र अरबाजले २० वर्षपछि सन् २०१७ मा सम्बन्धविच्छेद गरेका थिए। हालैको एक अन्तर्वार्तामा मलाइकाले तलाकपछि आफूले सर्वसाधारणबाट मात्र नभई आफ्नै परिवार र नजिकका साथीहरूबाट समेत कडा आलोचना खेप्नुपरेको खुलासा गरेकी छिन्।
‘इन्डिया टुडे’ सँगको कुराकानीमा मलाइकाले भनिन्, ‘त्यतिबेला मेरा सबै निर्णयहरूमाथि प्रश्न उठाइएको थियो। सबैले मेरो विरोध गरे तर म आफ्नो निर्णयमा अडिग रहेँ। मलाई आफ्नो निर्णयमा कुनै पछुतो छैन।’
उनले अगाडि भनिन्, ‘भविष्यमा के हुन्छ भन्ने मलाई थाहा थिएन, तर आफ्नो खुसीका लागि त्यो कदम चाल्नु अनिवार्य थियो। धेरैले आफ्नो खुसीलाई मात्र कसरी प्राथमिकता दिएको भन्दै प्रश्न गरे, तर मलाई एक्लै बस्नु नै सही लाग्यो।’
एउटा विवाह असफल हुँदैमा विवाहको अवधारणाप्रति आफ्नो विश्वास नगुमाएको मलाइकाले स्पष्ट पारिन्। उनले आफू अझै पनि विवाह र प्रेममा विश्वास गर्ने तर त्यसैको खोजीमा भने नलागेको बताइन्।
‘म विवाहमा विश्वास गर्छु, तर यसको अर्थ यो मेरै लागि बनेको हो भन्ने होइन। यदि फेरि विवाह भयो भने राम्रै हो, तर म अहिले आफ्नो जीवनसँग सन्तुष्ट छु,’ उनले भनिन्।
आफ्नो प्रेम जीवनका बारेमा कुरा गर्दै मलाइकाले आफूलाई माया पाउन र बाँड्न मन पर्ने बताइन्। उनले भनिन्, ‘म धेरै सम्बन्धहरूमा रहेँ तर तीबाट दिक्क भएकी छैन। मलाई अझै पनि आफ्नो जीवन र प्रेमको अवधारणा मन पर्छ। यदि कसैले फेरि मेरो जीवनको ढोका ढकढक्याउन आयो भने म त्यसलाई स्वीकार गर्नेछु, तर म यसको खोजीमा दौडिरहेकी छैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण