ट्राफिक नियम उल्लङ्घन गर्नेका लागि भौतिक रूपमै सचेतना कक्षा सुरु, शनिबार पनि सञ्चालन हुने
सारांश
- काठमाडौं उपत्यका ट्राफिक प्रहरीले मापसे लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने चालकका लागि सचेतना कक्षा सुरु गरेको छ।
- सचेतना कक्षामा मापसे गर्ने, तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन उल्लङ्घन गर्ने चालकलाई लक्षित गरिएको छ।
- कक्षा बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक रूपमा सञ्चालन हुनेछ, र शनिबार पनि उपलब्ध हुनेछ।
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन (मापसे) लगायतका ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका चालकहरूका लागि आजदेखि भौतिक रूपमै सचेतना कक्षा सुरु गरेको छ।
रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालयमा आजदेखि मापसे गर्ने, तीव्र गतिमा सवारी चलाउने, रातो बत्ती र सडक लेन अनुशासन उल्लङ्घन गर्ने चालकहरूलाई लक्षित गरी सचेतना कक्षा सञ्चालन हुन लागेको हो। सार्वजनिक बिदाबाहेकका अन्य दिन बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म प्रतिघण्टा एउटाका दरले दैनिक सातवटा कक्षाहरू सञ्चालन हुनेछन्। शुक्रबारको हकमा भने दिउँसो ३ बजेसम्म मात्र कक्षा हुने ट्राफिक प्रहरीले जनाएको छ।
कार्यालय समयमा उपस्थित हुन नसक्ने सेवाग्राहीहरूको सहजताका लागि ट्राफिक प्रहरीले शनिबार पनि कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। सार्वजनिक बिदा नपरेका प्रत्येक शनिबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दुईवटा कक्षाहरू सञ्चालन गरिनेछ। सचेतना कक्षामा सहभागी हुन आउने चालकले अनिवार्य रूपमा आफ्नो नागरिकताको प्रतिलिपि (फोटोकपी) साथमा लिएर आउनुपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण