बहुविवाह कसुरमा फरार प्रतिवादी ६ वर्षपछि पक्राउ
बुटवल । पाल्पामा बहुविवाह कसुरमा फरार प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले ६ वर्ष देखि फरार तानसेन नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय सविन खरेललाई बुधबार पक्राउ गरेको हो । उनी चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १२ नौरङ्गेस्थित डेरामा लुकीछिपी बसेका थिए ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी होमप्रकाश चौधरीले बताए ।
पाल्पा जिल्ला अदालतको २०७६ जेठ १३ गतेको फैसला आदेशले बहुविवाह र बाल विवाहसम्बन्धी कसूरमा एक वर्ष ५ महिना ६ दिन कैद र १० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याएर आवश्यक कारबाहीका लागि पाल्पा जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण