बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१० महिना अगावै सम्पन्न भयो कर्णाली प्रशिक्षण प्रतिष्ठान भवन

बिहीबार, १७ पुस २०८२, १० : ०१
बिहीबार, १७ पुस २०८२

सारांश

  • कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन निर्माण कम्पनीले १० महिना अगाडि नै सम्पन्न गर्यो।
  • भवन १६ करोड ५ लाख लागतमा बनेको छ, जसमा लिफ्ट, अपाङ्गमैत्री संरचना र अग्नि नियन्त्रण प्रणाली जडान गरिएको छ।
  • भवनको उद्घाटन कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गरे, र उनले समयमै भवन निर्माणको प्रशंसा गरे।

सुर्खेत । धेरैजसो पूर्वाधार आयोजनाहरू अलपत्र पारेको भन्दै ठेकेदार कम्पनीहरूको व्यापक आलोचना भइरहेको हुन्छ । यही बेला कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन भने १० महिनाअघि नै सम्पन्न गरेर निर्माण कम्पनीले उदाहरणीयता प्रस्तुत गरेको छ । 

वीरेन्द्रनगर नगरपालिकाको साबिक महिला प्रशिक्षण केन्द्रभित्रको जमिनमा उक्त भवन बनेको छ । जीपी बिल्डर्स, काठमाडौंले ०८३ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी ०८० असारमा जिम्मा लिएको थियो । तर, १० महिना अगावै अर्थात् भदौमा नै निर्माण सम्पन्न गरेको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबहादुर शाही बताए । 

१६ करोड ५ लाख लागतमा निर्माण भएको उक्त भवन निकै अत्याधुनिक तरिकाले बनाइएको छ । शाहीका अनुसार, पूर्वाधार विकास निर्देशनालय, सुर्खेतले आयोजना कार्यान्वयन गरेको यो चारतले भवन ९४७ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । कुल निर्मित क्षेत्रफल ३ हजार ७९० वर्ग मिटर रहेको छ । ‘भवन स्वीकृत गुरुयोजना अनुसार, भवन संहिता प्रयोग गरी र प्रचलित प्राविधिक मापदण्ड अनुसार निर्माण गरिएको छ,’ शाहीले भने, ‘यसमा लिफ्ट सुविधा, अपाङ्गमैत्री संरचना र अग्नि नियन्त्रण प्रणाली जस्ता आधुनिक विशेषताहरू जडान गरिएका छन् ।’

भवनमा २ वटा ठुला सभा कक्षसहित पर्याप्त कार्यकक्ष र बैठक कक्षहरूको पनि व्यवस्था गरिएको छ । भवनको बुधबार एक कार्यक्रमकाबिच कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरे । उनले समयमै निर्माण कम्पनीले भवन बनाएर उदाहरणीयता पेस गरेको बताए ।

प्रदेश प्रशिक्षण प्रतिष्ठान प्रदेश मातहत हुने सबै कर्मचारीहरूको तालिम सबै यही भवनबाट हुने छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप