महारेजलाई विश्राम दिए पनि अल्जेरियाको लगातार तेस्रो जीत
सारांश
- अल्जेरियाले अफ्रिका कप अफ नेसन्समा इक्वेटोरियल गिनीलाई ३-१ ले पराजित गर्यो।
- कप्तान रियाद महारेज बिना पनि अल्जेरियाले उत्कृष्ट प्रदर्शन गर्दै समूह चरणका सबै खेल जित्यो।
- अल्जेरियाले अन्तिम १६ मा डीआर कंगोको सामना गर्नेछ।
रबात । अल्जेरियाले आफ्ना कप्तान रियाद महारेजलाई विश्राम दिए पनि उत्कृष्ट प्रदर्शन गर्दै अफ्रिका कप अफ नेसन्स (एफकन) मा इक्वेटोरियल गिनीलाई ३-१ ले हराएको छ। रबातमा भएको यस जितसँगै अल्जेरिया जारी प्रतियोगितामा समूह चरणका तीनै खेल जित्ने नाइजेरियापछिको दोस्रो टोली बनेको छ।
प्रशिक्षक भ्लादिमिर पेट्कोभिचले बुर्किना फासोविरुद्धको अघिल्लो खेलबाट टोलीमा नौवटा परिवर्तन गरे पनि मैदानमा अल्जेरियाको दबदबा कायमै रह्यो। पाँच पटकका प्रिमियर लिग विजेता महारेजको स्थानमा राइट विङ्कबाट खेलेका अनिस हाज मुसाले खेलभरि इक्वेटोरियल गिनीका डिफेन्डरहरूलाई निकै व्यस्त राखे। मुसाकै कर्नर प्रहारमा सेन्टर ब्याक जिनेदिन बेलेदले हेडमार्फत गोल गर्दै अल्जेरियालाई अग्रता दिलाएका थिए।
दोस्रो गोल भने अर्को विङ्कबाट खेलिरहेका फारेस चैबीले गरे। उनले विपक्षी रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै बललाई जाली चुमाएका थिए। लगत्तै मुसाकै क्रसमा इब्राहिम माजाले हेडमार्फत गोल गर्दै अल्जेरियालाई ३-० को बलियो स्थितिमा पुर्याए।
समूह ‘ई’ का सुरुवाती दुई खेल हारेको इक्वेटोरियल गिनीको प्रदर्शन पहिलो हाफमा निकै फितलो देखिएको थियो। ३६ वर्षीय कप्तान एमिलियो न्सुएले ५०औं मिनेटमा गरेको एउटा शक्तिशाली लङ–रेन्ज गोल सान्त्वनामै सीमित भयो।
अब अल्जेरियाले जनवरी ६ मा सोही रंगशालामा अन्तिम १६ को खेलमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) को सामना गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण