टी–२० विश्वकपका लागि अस्ट्रेलियाको प्रारम्भिक टोली घोषणा, मिचेल मार्शले कप्तानी गर्ने
सारांश
- अस्ट्रेलियाले २०२६ को टी-२० विश्वकपको लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ, जसको कप्तानी मिचेल मार्शले गर्नेछन्।
- टोलीमा स्पिन बलिङलाई प्राथमिकता दिइएको छ, अनुभवी खेलाडीहरू र नयाँ अनुहारहरू समावेश छन्।
- अस्ट्रेलिया समूह 'बी' मा छ र फेब्रुअरी ११ मा आयरल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
सिड्नी । अस्ट्रेलियाले भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि १५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। टोलीको नेतृत्व मिचेल मार्शलाई सुम्पिएको छ।
यसपटक अस्ट्रेलियाली छनोटकर्ताले एसियाली मैदानको प्रकृतिलाई मध्यनजर गर्दै स्पिन बलिङलाई विशेष प्राथमिकता दिएका छन्। टोलीमा हबर्ट हरिकेन्सका आक्रामक ब्याटर मिचेल ओवेनलाई समावेश नगरिनुलाई सबैभन्दा ठूलो सरप्राइज मानिएको छ। साथै, सन् २०२१ को च्याम्पियन टोलीको तुलनामा यसपटक एकजना पनि बायाँ हाते तीव्र गतिका बलरलाई टोलीमा राखिएको छैन।
यस विश्वकपमार्फत स्पिनर म्याथ्यू कुह्नेमन, अलराउन्डर कूपर कोनोली र तीव्र गतिका बलर जेभियर बार्टलेटले डेब्यु गर्ने सम्भावना छ। पछिल्लो समय टोलीमा नरहेका कूपर कोनोलीको छनोटले धेरैलाई चकित पारेको छ।
टोलीमा अनुभवी अलराउन्डर ग्लेन म्याक्सवेल र क्यामरन ग्रीनलाई पनि समेटिएको छ।
बलिङ विभागमा प्याट कमिन्स र जोश हेजलवुडसँगै एडम जम्पा र मार्कस स्टोइनिसले भारतीय पिचहरूमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। छनोट समितिका अध्यक्ष जर्ज बेलीले टोलीको हालैको प्रदर्शन र एसियाली परिस्थितिलाई ध्यानमा राखेर सन्तुलित टोली छानिएको बताएका छन्।
अस्ट्रेलिया समूह ‘बी’ मा रहेको छ, जहाँ उसले आयोजक श्रीलंका, जिम्बाब्वे, ओमान र आयरल्याण्डको सामना गर्नेछ। प्रतियोगितामा अस्ट्रेलियाको पहिलो खेल फेब्रुअरी ११ मा आयरल्याण्डविरुद्ध आर प्रेमादासा स्टेडियममा हुनेछ। त्यसपछि फेब्रुअरी १३ मा जिम्बाब्वे, १६ मा श्रीलंका र २० मा ओमानसँग खेलेर अस्ट्रेलियाले लिग चरणको अन्त्य गर्नेछ।
अस्ट्रेलियाको टोलीमा मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, प्याट कमिन्स, टिम डेभिड, क्यामरन ग्रीन, नाथन एलिस, जोश हेजलवुड, ट्राभिस हेड, जोश इंग्लिस, म्याथ्यू कुह्नेमन, ग्लेन म्याक्सवेल, म्याथ्यू सर्ट, मार्कस स्टोइनिस र एडम जम्पा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण