विकासको खाका दिनेलाई मात्र चुनावको टिकट !
सारांश
- जनता लोकतान्त्रिक पार्टी (जलोपा) ले चुनावमा टिकट दिन विकासको खाका पेस गर्ने मापदण्ड बनाएको छ।
- जलोपाले उम्मेदवार सिफारिस गर्दा इमानदार, स्वच्छ छवि र समाज सेवामा समर्पित व्यक्तिलाई प्राथमिकता दिनेछ।
- पार्टीले १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार खडा गर्ने निर्णय गरेको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर गठन भएको जनता लोकतान्त्रिक पार्टी (जलोपा)ले विकासको स्पष्ट खाका पेस गर्नेलाई मात्र चुनावमा टिकट दिने मापदण्ड बनाएको छ ।
जलोपाको केन्द्रीय समितिको बैठकले उम्मेदवार छनौटका लागि मापदण्ड बनाएको हो । सो मापदण्ड अनुसार उम्मेदवारको सिफारिस भए मात्र टिकट दिने जलोपाका अध्यक्ष अशोक यादवले बिहीबार बताए ।
सम्बन्धित निर्वाचन क्षेत्रका जनताको भावना, आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै विकासको स्पष्ट खाका प्रस्तुत गर्न सक्ने क्षमता भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । सिफारिस गरिने उम्मेदवारले निर्वाचन क्षेत्र विकाससम्बन्धी अधिकतम पाँच मिनेटको अडियो वा भिडियो सामग्री पार्टीको आधिकारिक ह्वाट्सएप नम्बरमा अनिवार्य रूपमा पठाउनुपर्ने भनिएको छ ।
निर्णय कार्यान्वयनका लागि पार्टीले सम्बन्धित जिल्ला इन्चार्जहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रबाट योग्य, इमानदार, स्वच्छ छवि भएका तथा समाज सेवामा समर्पित व्यक्तिहरूको नाम सिफारिस गर्न जलोपाले निर्देशन दिएको छ । उम्मेदवार सिफारिस गर्दा कुनै पनि प्रकारको फौजदारी अभियोग नलागेको, राजनीतिलाई पेसा नभई सामाजिक सेवाको माध्यमका रूपमा लिने स्पष्ट प्रतिबद्धता भएको तथा युवालाई विशेष प्राथमिकता दिनुपर्ने मापदण्ड तोकिएको छ ।
जलोपाले १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार खडा गर्ने निर्णय गरेको छ । पार्टीले जिल्ला इन्चार्जहरूलाई २०८२ पुस २५ गतेभित्र सिफारिस गरिएका उम्मेदवारहरूको नाम र आवश्यक कागजात पार्टी केन्द्रीय कार्यालयमा पत्राचार वा इमेलमार्फत पठाउन निर्देशन दिएको छ ।
प्राप्त नाम र कागजातहरूको आधारमा पार्टी केन्द्रीय संसदीय बोर्डको बैठकले अन्तिम निर्णय लिने अध्यक्ष यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
-
इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना
-
रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण