कसले खानु हुँदैन बदाम ?
काठमाडौँ । प्रोटिन, स्वस्थ फ्याट र फाइबरको राम्रो स्रोत मानिने बदाम स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ।
पोषणले भरिपूर्ण भए तापनि सबैका लागि बदाम खानु फाइदाजनक हुँदैन। स्वास्थ्य विज्ञहरूका अनुसार केही विशेष स्वास्थ्य अवस्था भएका व्यक्तिहरूले बदामबाट टाढै रहनु वा चिकित्सकको सल्लाह लिनु आवश्यक छ।
बदामको एलर्जी भएका व्यक्तिहरूका लागि यसको सेवन ज्यान लिनेसम्मको खतरनाक हुन सक्छ। बदामको एलर्जीले छाला चिलाउने, सुन्निने, सास फेर्न गाह्रो हुने र गम्भीर अवस्थामा ‘एनाफिलेक्सिस’ जस्तो जोखिम निम्त्याउन सक्छ।
त्यसैगरी, ग्यास, एसिडिटी र पाचन सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई पनि बदामले दुःख दिन सक्छ। यसमा हुने उच्च फ्याट पचाउन समय लाग्ने भएकाले अपचको समस्या भएकाहरूले बदाम खाँदा सावधानी अपनाउनु पर्छ।
मिर्गौलाको पत्थरी र यूरिक एसिड बढेका बिरामीहरूका लागि पनि बदाम हानिकारक हुन सक्छ। बदाममा हुने अक्सलेट्सको मात्राले मिर्गौलामा पत्थरीको समस्या बढाउन सक्छ भने यूरिक एसिड उच्च भएका व्यक्तिहरूमा जोर्नीको दुखाइ र सुन्निने समस्या थप बल्झिन सक्छ।
त्यस्तै, तौल घटाउन चाहने वा मोटोपनको समस्या भएका व्यक्तिहरूले पनि बदामको मात्रामा नियन्त्रण गर्नु पर्छ। यसमा क्यालोरी र फ्याट बढी हुने भएकाले धेरै खाँदा तौल बढ्ने जोखिम रहन्छ।
मधुमेहका बिरामीहरूले पनि नुनिलो वा तेलमा तारिएको बदाम खानु हुँदैन। यसले रक्तचाप र चिनीको मात्रा दुवैलाई प्रभावित पार्न सक्छ। मधुमेहका बिरामीले खानै परेमा बिना नुन र सीमित मात्रामा मात्र बदाम खानुपर्छ।
आफ्नो शरीरको आवश्यकता र स्वास्थ्य अवस्था हेरेर मात्र बदामलाई आहारमा समावेश गर्न र समस्या देखिएमा पोषणबारे सल्लाह लिन विज्ञहरू सुझाव दिन्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण