सशस्त्र प्रहरीमा भर्नाका लागि सरकारी अधिकारीले ‘सहजीकरण’ गर्ने भनेको के हो ?
विराटनगर । सुनसरीको सीमावर्ती कोशी गाउँपालिका-१ लौकही क्षेत्रमा गएराति प्रहरीको गोली लागेर विजय साहको मृत्यु भएको घटनाले बिहीबार दिनभर त्यस क्षेत्र तनावग्रस्त बन्यो । मृतकका आफन्तले शव सडकमा राखेर प्रदर्शन गरे । स्थिति साम्य बनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको सर्वपक्षीय छलफलपछि सहमति भयो । सहमतिपछि साहको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । लौकही क्षेत्रको स्थिति सामान्य बनेको छ ।
तर सहमतिमा उल्लेखित एउटा बुँदाले भने चासो जगाएको छ । सहमति पत्रको बुँदा नम्बर ४ मा ‘मृतकका छोरा सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा निजलाई भर्ना हुन सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग एवं सहजीकरण गरिदिने’ भन्ने विषय उल्लेख छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बिहीबार बसेको बैठकले लौकही घटनापछि उत्पन्न तनाव साम्य पार्न विभिन्न सहमति गरेको थियो । सो सहमतिको ४ नम्बर बुँदामा यस्तो उल्लेख छ ।
सशस्त्र प्रहरीमा भर्ना हुन चाहने मृतकका छोरालाई नियमानुसार सहयोग भनेको के हो ? भन्ने प्रश्न गर्दै एक जना सरकारी अधिकारीले नै प्रश्न उठाए । ‘प्रहरीमा भर्ना हुनका लागि लोकसेवा आयोग पास गर्नुपर्छ । लोकसेवा आयोगका प्रतिनिधिहरुसहित तोकिएका अधिकारीहरुले मौखिक अन्तर्वार्ता लिनुपर्छ । त्यसका प्रक्रिया छन् । कसरी सहजीकरण हुन्छ के भनेको हो त्यो बुझ्न सकिएन,’ उनले भने ।
यो बुँदा सार्वजनिक भएपछि ‘के सशस्त्र प्रहरीमा लोकसेवा नै नलडी वा नियम मिचेर भर्ना गर्न मिल्छ ?’ भन्ने प्रश्न उठेको छ । यस विषयमा प्रतिक्रिया दिँदै डीआईजी न्यौपानेले यसलाई प्रक्रियागत सहयोगको रूपमा बुझ्न आग्रह गरे । ‘सहजीकरण भनेको विभिन्न किसिमका हुन्छन् । फर्म भर्न सहयोग गर्ने, प्रक्रियाबारे बुझाइदिने वा यस्तै अन्य प्राविधिक कुरामा मद्दत गर्ने हो । तर लोकसेवाले लिने जाँच त पास गर्नैपर्छ । हामीले भर्ना गरिदिने भन्ने त हुँदै हुँदैन,’ उनले भने, ‘मैले मेरो आफ्नै छोरा–छोरीलाई त त्यसरी भर्ना गर्न सक्दिनँ भने अरूको हकमा त झन् कुरै भएन । नियममा जे छ, क्राइटेरिया पुगेको खण्डमा प्रक्रियामा सहयोग मात्र गर्ने भनिएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण