सुशासनका लागि निर्वाचन मात्र पर्याप्त हुँदैन: गगन थापा
सारांश
- गगन थापाले जेनजी आन्दोलनको मूल मर्म सुशासन भएको र निर्वाचनले मात्र पुग्दैन भने।
- उनले भ्रष्टाचार, नातावाद र राजनीतिक हस्तक्षेपले राज्यका संस्थाहरू कमजोर भएको बताए।
- थापाले निर्वाचनअघि नै संविधान र प्रणालीगत सुधारका लागि राष्ट्रिय सहमतिको आवश्यकता औंल्याए।
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनको मूल मर्म सुशासनको प्रवर्द्धन रहेको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्न निर्वाचन मात्र पर्याप्त नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार एक भिडियो सन्देशमार्फत उनले देशका संरचनागत र जटिल समस्याको समाधानका लागि निर्वाचनअघि नै न्यूनतम राष्ट्रिय समझदारी आवश्यक रहेको धारणा राखेका हुन् ।
थापाका अनुसार भ्रष्टाचार, नातावाद, कृपावाद र राजनीतिक दलहरूको अत्यधिक हस्तक्षेपका कारण राज्यका संस्थाहरू कमजोर बन्दै गएका छन्, जसले सुशासन खस्किँदा जनआक्रोश बढाएको छ । उनले समानुपातिक प्रतिनिधित्व प्रणालीको राजनीतिक दलहरूले दुरुपयोग गरेको आरोप पनि लगाए ।
संविधान र कानुनी प्रावधानमा स्पष्टता नहुँदा ‘के गर्न पाइन्छ र के पाइँदैन’ भन्ने अस्पष्टताबाट व्यापक दुरुपयोग भएको थापाको भनाइ छ । एकपटक सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई पुनः समानुपातिक सूचीमा राख्न नपाउने संवैधानिक व्यवस्था आवश्यक रहेको उनले औँल्याए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकाय प्रभावकारी हुन नसक्नुको कारण राजनीतिक भागबन्डामा हुने नियुक्ति प्रक्रिया रहेको भन्दै उनले गम्भीर काण्डहरूमा छानबिन हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे ।
थापाले २०६२/६३ को आन्दोलनअघिको जस्तै निर्वाचनअघि नै संविधान र प्रणालीगत सुधारका मुद्दामा राजनीतिक दलहरूबिच राष्ट्रिय सहमति आवश्यक रहेको बताए । साथै, युवा तथा पुराना पुस्ताका नागरिक अगुवाहरूलाई पार्टीभन्दा बाहिर उभिएर राष्ट्रिय छलफल र समझदारी निर्माणमा जुट्न उनले अपिल गरेका छन्।
* यसअघिको शीर्षक परिमार्जन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण