सर्लाहीमा २८ नयाँ मतदान केन्द्र थप
सारांश
- सर्लाहीमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६२८ वटा मतदान केन्द्र तोकिएको छ।
- मतदाता संख्या बढेपछि २८ वटा नयाँ मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
- निर्वाचनका लागि जिल्लामा ५ लाख ११ हजार ६०६ जना अन्तिम मतदाता कायम भएका छन्।
जनकपुरधाम । सर्लाहीमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६२८ वटा मतदान केन्द्र कायम गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार २८ नयाँ मतदान केन्द्र थप भएसँगै जिल्लाभरि ६२८ मतदान केन्द्र कायम भएको हो ।
यसअघि २०७९ सालको निर्वाचनमा जिल्लाका ३१२ वटा मतदान स्थलमा ६०० मतदान केन्द्र रहेका थिए। मतदाता सङ्ख्या वृद्धि भएपछि २८ वटा नयाँ मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख तथा जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए।
उनका अनुसार मतदान स्थल सङ्ख्या पहिलेकै कायम रहे पनि नयाँ मतदाता थपिएका आधारमा मतदान केन्द्र सङ्ख्या बढाइएको हो। निर्वाचन घोषणा भएपछि सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी मतदाता नामावली सङ्कलन गर्दा सर्लाहीमा २२ हजार ५९५ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा कुल ५ लाख ११ हजार ६०६ जना अन्तिम मतदाता कायम भएका छन्। तीमध्ये २ लाख ७८ हजार ८३७ जना पुरुष, २ लाख ३२ हजार ७५८ जना महिला र अन्य ११ जना रहेका छन्।
जिल्ला सुरक्षा समितिका अनुसार सर्लाहीका ३१२ मतदान स्थलमध्ये १३१ वटा संवेदनशील र १५८ वटा अति संवेदनशील सूचीमा रहेका छन्। फागुन २१ को निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले विभिन्न पालिकामा पुगेर मतदान स्थलको निरीक्षण सुरु गरिसकेका छन्।
मतदान स्थलको भौतिक अवस्था, सुरक्षाको व्यवस्था लगायत विषयमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयसँग राय–सुझाव सङ्कलन भइरहेको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए। उनका अनुसार जिल्लाका ३१२ मतदान स्थलमध्ये आधाभन्दा बढीको निरीक्षण सम्पन्न भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण