सशस्त्रले माग्यो थप ४२ जना परिचर
सारांश
- सशस्त्र प्रहरी बलले भान्छे, कुचीकार, सूचिकार र केशकर्तक पदमा ४२ जना परिचर भर्नाको लागि दरखास्त आह्वान गरेको छ।
- भदौ ६ गते प्रकाशित सूचना अनुसार, सशस्त्र प्रहरीले पहिले खाली भएका दरबन्दीमा पदपूर्ति गर्ने भएको छ।
- सशस्त्र प्रहरी सेवा आयोगको आग्रहमा लोकसेवा आयोगले रिक्त दरबन्दीमा पुरानै विज्ञापन अनुसार भर्ना गर्नेछ।
काठमाडौँ । सशस्त्र प्रहरी बलले थप ४२ जना परिचर भर्ना गर्न दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी परिचरतर्फ भान्छे, कुचीकार, सूचिकार र केशकर्तक पदमा थप सङ्ख्या माग गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
यसअघि भदौ ६ मा सूचना प्रकाशन भएपछि खाली भएको दरबन्दीमा पदपूर्ति गर्ने गरी थप सङ्ख्या माग गरिएको सशस्त्रको मानव श्रोत विभाग अन्तर्गतको भर्ना छनौट शाखाले जनाएको छ ।
शुक्रबार प्रकाशित सूचना अनुसार भान्छेतर्फ थप १९ जना, कुचीकारतर्फ थप २० जना, सूचिकार २ जना र एक जना केशकर्तक माग गरिएको छ ।
सशस्त्र प्रहरी सेवा आयोगको आग्रहमा लोकसेवा आगोले रिक्त दरबन्दीमा पुरानै विज्ञापन अनुसार भर्ना गर्न लागेको सशस्त्र प्रहरी बलका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
यसअघि २६ जना भान्छे, १० जना कुचीकार, १३ जना सूचिकार र १० जना केशकर्तक माग गरिएको थियो । सशस्त्रमा रिक्त रहेको साधारण समूहतर्फ सो सङ्ख्या माग गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण