रिलिजको एक महिनापछि फिल्म ‘धुरन्धर’ मा चल्यो कैँची
सारांश
- रणवीर सिंहको फिल्म 'धुरन्धर' प्रदर्शनको एक महिनापछि दुई शब्द म्युट गरियो।
- भारतको सूचना तथा प्रसारण मन्त्रालयको निर्देशनपछि फिल्मका दुई शब्द हटाइएको हो।
- 'धुरन्धर' ले बक्स अफिसमा राम्रो आम्दानी गर्दै विश्वभर १,१२८.६३ करोड भारु कलेक्सन गरेको छ।
मुम्बई । बलिउड अभिनेता रणवीर सिंह स्टार फिल्म ‘धुरन्धर’ प्रदर्शनमा आएको करिब एक महिना भएको छ । फिल्मले बक्स अफिसमा एकदमै राम्रो आम्दानी गरिरहेको छ । तर, प्रदर्शनको एक महिनापछि फिल्मको दुई वटा शब्दलाई ‘म्युट’ गरिएको छ ।
भारतको सूचना तथा प्रसारण मन्त्रालयको निर्देशनपछि फिल्मका दुई वटा शब्दलाई ‘म्युट’ गरिएको हो । दुई वटा शब्दलाई ‘म्युट’ गरिएको फिल्म जनवरी १ देखि रिलिज भएको छ ।
बलिउड मिडियाका अनुसार म्युट गरिएका दुई शब्दमध्ये एउटा ‘बलुच’ शब्द रहेको छ । मन्त्रालयको निर्देशन पालना गर्दै फिल्म मेकर्सले यी परिवर्तनहरू गरेका हुन् ।
आदित्य धरको निर्देशनमा बनेको यो फिल्म डिसेम्बर ५ मा विश्वभर रिलिज भएको थियो । फिल्मले व्यापारको मामलामा नयाँ कीर्तिमान कायम गरिरहेको छ । हालसम्म यसले विश्वभर १,१२८.६३ करोड (भारु) कलेक्सन गरेको छ ।
भारतीय बक्स अफिसमा मात्रै फिल्मको कलेक्सन ७२४.७५ करोड भारु पुगेको छ । फिल्ममा रणवीर सिंहका साथै अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सञ्जय दत्त, राकेश बेदी र दानिश पंडोर जस्ता कलाकारका अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण