बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

श्रीमतीको हत्यामा संलग्न प्रतिवादी ८ वर्षपछि पक्राउ

शुक्रबार, १८ पुस २०८२, १५ : १५
शुक्रबार, १८ पुस २०८२

सारांश

  • भोजपुरमा श्रीमतीको हत्या गरी फरार भएका एक व्यक्ति ८ वर्षपछि पक्राउ परेका छन्।
  • प्रहरीले मोरङको बेलबारीबाट भोजपुरका नारदमणि राईलाई पक्राउ गरेको हो।
  • अदालतको आदेशले उनलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ।

काठमाडौँ । भोजपुरमा श्रीमतीको हत्या गरेर भागेका प्रतिवादीलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका वडा नम्बर–६ देउराली टोल घर भएका ५३ वर्षीय नारदमणि राई छन् ।

२०७४ साउन १९ मा उनले आफ्नी ४५ वर्षीया पत्नी अम्बिका श्रेष्ठ राईको हत्या गरेको भोजपुरका डीएसपी राजु लामाले रातोपाटीलाई बताए । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा उनलाई मोरङको बेलबारीबाट पक्राउ गरेको हो ।

थुनछेक बहसपछि अदालतको आदेशले पुस १७ मा प्रतिवादीलाई पुर्पक्षको लागि कारागार चलान गरिएको डीएसपी लामाले जानकारी दिए । प्रहरीले उनी विरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप