कृषि कर्जामा उच्च जोखिम र कमजोर ‘क्रेडिट क्वालिटी’ प्रमुख चुनौती : सीईओ पोखरेल
सारांश
- मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युमन पोखरेलले कृषि क्षेत्रमा कर्जा प्रवाह गर्दा उच्च जोखिम रहेको बताए।
- उनले कृषि कर्जामा धितो र जमानत सम्बन्धी समस्या र संस्थागत पुनःसंरचनाको अभाव रहेको उल्लेख गरे।
- कृषि क्षेत्रमा लगानीको सम्भावना रहेको र सरकार, निजी क्षेत्र, किसान र वित्तीय संस्थाहरूको सहकार्य आवश्यक छ।
काठमाडौँ । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कृषि क्षेत्रमा प्रवाह हुने कर्जामा उच्च जोखिम र कमजोर कर्जा गुणस्तर प्रमुख चुनौतीको रूपमा रहेको बताएका छन्।
काठमाडौँमा आयोजित ‘मुक्तिनाथ एग्रो फाइनान्सिङ ३६०’ कार्यक्रममा बोल्दै सीईओ पोखरेलले नेपालको कृषि वित्तका चुनौती, अवसर र सुधारका उपायहरू औँल्याए। पोखरेलले कृषि कर्जा लगानीमा बैंक तथा वित्तीय संस्थाहरूले उच्च जोखिम महसुस गरिरहेको बताए।
‘कृषि ऋणमा उच्च जोखिम छ र ‘क्रेडिट क्वालिटी’ कमजोर देखिएको छ,’ उनले भने, ‘आयातमा निर्भरता बढ्दै गएको छ भने घरेलु उत्पादन क्षमता कमजोर बन्दै गएको छ।’ उनले बैंक तथा वित्तीय संस्थाहरूमा कृषि कर्जा प्रवाह गर्दा धितो र जमानत सम्बन्धी समस्याहरू विद्यमान रहेको र संस्थागत पुनःसंरचनाको अभाव देखिएको उल्लेख गरे।
चुनौतीका बाबजुद कृषि क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको पोखरेलले बताए । ‘मूल्य शृङ्खला मा लगानी र डिजिटल वित्तीय सेवा तथा कृषि प्रविधिको प्रयोगले उत्पादकत्व बढाउन सकिन्छ,’ उनले भने।
उनले सहकारी, लघुवित्त, विकास बैंक र सम्पूर्ण बैंकिङ प्रणालीबाट ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न सकिने अवसर रहेको बताए ।
साथै, सरकार, निजी क्षेत्र, किसान र वित्तीय संस्थाहरू बिचको सहकार्य बढाउन सके कृषि बिमा र कर्जा सुरक्षणमार्फत जोखिम न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो।
सीईओ पोखरेलले कृषि क्षेत्रको सुधारका लागि तीनै तहका सरकारको भूमिका स्पष्ट हुनुपर्ने सुझाव दिए । उनले भने, ‘साना किसानको लागि स्थानीय निकाय, ठुला किसान र ‘मोडेल फार्मिङ’ का लागि प्रादेशिक सरकार तथा नीति, नियम र ऐनका लागि केन्द्रीय सरकारले नेतृत्व लिनुपर्छ।’
उनले कृषि अनुदान वितरणमुखी नभई उत्पादन र नतिजासँग जोडिनुपर्ने बताउँदै सबै बालीमा छर्नुभन्दा मुख्य उत्पादनहरूमा केन्द्रित हुनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण