एमालेले गर्यो सर्लाही क्षेत्र नम्बर- ३ बाट उप्रेतीको नाम सिफारिस
सारांश
- नेकपा एमालेले सर्लाही क्षेत्र नम्बर ३ बाट हरिप्रसाद उप्रेतीको नाम एकल रूपमा सिफारिस गरेको छ।
- बरहथावामा बसेको बैठकले उप्रेतीलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सर्वसम्मत रूपमा सिफारिस गर्यो।
- जिल्ला कमिटीले सिफारिस गरेका नामहरू केन्द्रीय कमिटीमा पठाइनेछ, जहाँबाट प्रत्येक क्षेत्रबाट तीन जनाको नाम सिफारिस हुनेछ।
सर्लाही । नेकपा एमालेले सर्लाही क्षेत्र नम्बर ३ बाट निवर्तमान सांसद हरिप्रसाद उप्रेतीको नाम एकल रूपमा सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उप्रेतीको नाम सिफारिस गरिएको हो ।
बरहथावामा आज बसेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले सर्वसम्मत रूपमा उप्रेतीको नाम प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
एमाले जिल्ला कमिटीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलका अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिफारिसका लागि भोलि शनिबार निर्वाचन क्षेत्र नम्बर २ र ४ तथा आइतबार निर्वाचन क्षेत्र नम्बर १ को बैठक बस्नेछ।
क्षेत्रीय स्तरका बैठक सम्पन्न भएपछि जिल्ला कमिटीको बैठक बसेर सिफारिस गरिएका नामहरू केन्द्रीय कमिटीमा पठाइने उनले बताए। केन्द्रीय कमिटीले प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण