साउदी अरेबियाको एआई र डिजिटल नवप्रवर्तनमा ऐतिहासिक कदम
सारांश
- साउदी अरेबियाले रियाधमा हेक्सागन डाटा केन्द्रको शिलान्यास गर्यो, जुन विश्वकै ठूलो हुनेछ।
- केन्द्रको क्षमता ४८० मेगावाट हुनेछ र यसले डिजिटल सेवाहरूलाई सहयोग गर्नेछ।
- अध्यक्ष अल्घामदीले यस परियोजनाले विशेषज्ञता विकास र लगानी आकर्षित गर्ने बताए।
रियाध । साउदी अरेबियाले बिहीबार रियाधमा हेक्सागन डाटा केन्द्रको शिलान्यास गरेको छ । अधिकारीहरूले जनाएको अनुसार यो डाटा केन्द्र मेगावाट क्षमताका हिसाबले विश्वकै ठुलो सरकारी स्वामित्वको केन्द्र बन्नेछ ।
यस केन्द्रको क्षमता ४८० मेगावाट रहने र दुई दशमलव आठ लाख वर्गमीटर क्षेत्रमा फैलिनेछ । साउदी डाटा तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्राधिकरणले संचालन गर्ने यस परियोजनाले राज्यको द्रुत रूपमा विस्तार भइरहेको इलेकट्रोनिक सरकार प्लेटफर्म र डिजिटल सेवाहरूका लागि अधिकतम उपलब्धता सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।
प्राधिकरणका अध्यक्ष अब्दुल्लाह बिन शराफ अल्घामदीले उद्घाटन समारोहमा भने, “हामी एकीकृत डिजिटल पारिस्थितिक तन्त्र निर्माणमा केन्द्रित छौँ ।” उनले यस परियोजनालाई राष्ट्रिय प्रतिस्पर्धात्मकताको आधारको रूपमा प्रस्तुत गर्दै यसले देशभित्र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा विशेषज्ञता विकास गर्ने र अन्तर्राष्ट्रिय प्रविधि लगानी आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
यस परियोजले साउदी भिजन सन् २०३० का उद्देश्यहरूसँग मेल खानेछ, जसमा ‘दिगो ज्ञान आधारित अर्थतन्त्र निर्माण र उन्नत प्रविधिमा विश्व नेतृत्व हासिल गर्ने’ लक्ष्य समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण