रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्न माग
सारांश
- न्यायपालिका अधिकृत समाजले सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको माग गरेको छ।
- विज्ञप्तिमा, योग्यता पुगेका रजिष्ट्रारलाई तत्काल नियुक्ति गर्न र असल अभ्यास सुरु गर्न आग्रह गरिएको छ।
- कर्मचारीलाई उत्प्रेरित गर्नुपर्ने र न्यायपालिकाको पुनर्संरचनामा जोड दिनुपर्ने कुरा उल्लेख छ।
काठमाडौँ । न्यायपालिका अधिकृत समाजले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशमा नियुक्ति प्रक्रिया तत्काल सुरु गर्न माग गरेको छ ।
समाजका कार्यवाहक अध्यक्ष निराजन पाण्डेले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा रिक्त रहेको सर्वोच्च अदालतको न्यायाधीश र उच्च अदालतको मुख्य न्यायाधीशमा योग्यता पुगेका क्रमशः विशिष्ट श्रेणीका मुख्य रजिष्ट्रार, रजिष्ट्रारलाई तत्काल नियुक्ति गरी असल अभ्यासको सुरुआत गर्न माग गरिएको छ ।
“उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका न्याय सेवा, न्याय समूहका विशिष्ट र प्रथम श्रेणीका अधिकृतहरूबाट रिक्त रहेको उच्च अदालतको न्यायाधीश पदमा प्राथमिकता दिई नियुक्ति गरियोस्”, विज्ञप्तिमा भनिएको छ, “न्याय सेवा, न्याय समूहका अधिकृतहरूलाई राजपत्राङ्कित द्वितीय तहमा र राजपत्राङ्कित द्वितीय तहका कर्मचारीलाई जिल्ला न्यायाधीश र राजपत्राङ्कित प्रथम श्रेणीमा जाने बाटो फराकिलो हुने गरी कर्मचारीको वृत्ति सहज र प्रभावकारी बनाउन सकिन्छ, न्यायिक नेतृत्वबाट विशेष चासो प्रदान गरी तत्काल ‘इसर्भे’ गरियोस् ।”
पछिल्ला दिनहरूमा समग्र न्यायपालिकाप्रति नै सार्वजनिक रूपमा भइरहेको प्रहार र अनर्गल प्रचारसमेतका आक्रमणको प्रतिरोध उत्प्रेरित कर्मचारीबाट मात्र सम्भव हुने भएकाले अदालतका कर्मचारी स्वयंलाई उत्प्रेरित गर्नुको अलावा निरुत्साहित र अपमानित महसुस हुने प्रकृतिका कार्यले स्थितिलाई अझै जटिल बनाउन सक्ने हुँदा यसप्रति ध्यान पुर्याउन अनुरोध गरिएको छ ।
समाजले न्यायपालिकाको पुनर्संरचना गरी सर्वोच्च अदालतमा न्यायाधीशको अधिकतम अवधिको किटान, न्याय परिषद्को पुनर्संरचना, विशिष्टीकृत अदालतहरूको स्थापना र सहभागिता साथै अदालत सञ्चालनमा नवीनतम अभ्यासमा जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण