दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
सारांश
- दक्षिण कोरियाको अदालतले पूर्वराष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी गर्यो।
- युनलाई प्रमाण नष्ट गर्न सक्ने सम्भावनाका कारण पक्राउ पूर्जी जारी गरिएको हो।
- उनलाई न्यायिक कार्यमा बाधा पुर्याएको आरोपमा १० वर्ष जेल सजाय माग गरिएको छ।
काठमाडौँ । दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योलविरूद्ध पुनः पक्राउ पुर्जी जारी गरेको छ ।
अभियोजनकर्ताहरूले नोभेम्बरमा युनविरूद्ध देशको शत्रुलाई सहयोग गरेको धेरै आरोपमा अभियोग लगाएका थिए । उनले सैन्य शासन घोषणा गर्ने आफ्नो प्रयासलाई बलियो बनाउन उत्तर कोरियामाथि ड्रोन उडानहरू गर्न आदेश दिएका थिए ।
त्यस मुद्दाको लागि पक्राउ पूर्जीको म्याद जनवरी १८ सम्ममा समाप्त हुनुपर्ने थियो तर शुक्रबारको आदेशले यसलाई अधिकतम छ महिना विस्तार गर्नेछ ।
दक्षिण कोरियाको राजधानी सियोलस्थित जिल्ला अदालतका एक अधिकारीले एएफपीसँग भने, “उनले आफूमाथि लगाइएका मुद्दामा प्रमाण नष्ट गर्न सक्ने सम्भावनालाई मध्यनजर गद पक्राउ पूर्जी जारी गरिएको हो ।
युन महिनौंदेखि हिरासतमा छन् र उनी विरुद्ध धेरै आपराधिक मुद्दामा अनुसन्धान तथा सुनुवाइ भइरहेको छ ।
उनले सन् २०२४ डिसेम्बर ३ मा दक्षिण कोरियामा नागरिक शासनलाई केही समयका लागि निलम्बन गरेका थिए । यसले कोरियाली संसद् परिसरबाहिर र राजधानी सियोलसहित देशका प्रमुख सहरमा ठुलो विरोध प्रदर्शन निम्त्यायो । उनलाई अप्रिलमा आधिकारिक रूपमा पदबाट हटाइएको थियो ।
युनलाई गत वर्षको जनवरीमा हिरासतमा लिइएको थियो । उनी दक्षिण कोरियाको इतिहासमा पदमा नै रहेका समय हिरासतमा लिइएको पहिलो बहालवाला राष्ट्रपति बनेका थिए । उनले गिरफ्तारीको विरोध गरेपछि हप्तौँपछि पक्राउ गरिएको थियो ।
उनको सैन्य विद्रोहको सुनुवाइ जारी रहँदा उनलाई मार्चमा प्रक्रियागत आधारमा रिहा गरिएको थियो तर उनले त्यस मुद्दासँग सम्बन्धित प्रमाणहरू नष्ट गर्न सक्ने दाबीसहित जुलाईमा फेरि हिरासतमा लिइएको थियो ।
अभियोजनकर्ताहरूले न्यायिक कार्यमा बाधा पुर्याएको आरोपमा युनलाई १० वर्षको जेल सजाय पनि माग गरिरहेका छन् । सियोलको एक अदालतले जनवरी १६ मा यस मुद्दामा फैसला सुनाउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण