विल स्मिथमाथि यौन उत्पीडनको आरोप
सारांश
- हलिउड अभिनेता विल स्मिथमाथि भायलिन वादकले यौन उत्पीडन र जागिरबाट हटाएको आरोप लगाउँदै मुद्दा दायर गरेका छन्।
- वादकका अनुसार स्मिथले २०२४ देखि नै यौन शोषणका लागि 'ग्रुमिङ' गरेका थिए र मार्च २०२५ मा लास भेगासमा घटना घटेको थियो।
- वादकले आफूलाई मानसिक तनाव भएको र क्षतिपूर्तिको माग गरेका छन् भने स्मिथका वकिलले आरोपलाई 'झूठा' भनेका छन्।
लस एन्जलिस । हलिउडका चर्चित अभिनेता तथा र्यापर विल स्मिथ फेरि विवादको घेरामा परेका छन्। उनको २०२५ को विश्वव्यापी टुर ‘बेस्ड अन अ ट्रु स्टोरी’ मा भायलिन वादकको भूमिका निर्वाह गरेका ब्रायन किंग जोसेफले स्मिथ र उनको कम्पनी ट्रेबल स्टुडियोज म्यानेजमेन्टविरुद्ध यौन उत्पीडन, बदला लिने कारबाही र गलत तरिकाले जागिरबाट हटाएको आरोप लगाउँदै मुद्दा दायर गरेका हुन्।
यो मुद्दा गत डिसेम्बर ३० मा लस एन्जेलिसको क्यालिफोर्निया सुपिरियर कोर्टमा दर्ता भएको हो। जोसेफको दाबीअनुसार, स्मिथले उनलाई नोभेम्बर २०२४ देखि नै यौन शोषणका लागि ‘ग्रुमिङ’ गर्दै आएका थिए। दुवैबिच एक्लै समय बिताउने घटनाहरू बढ्दै गएका थिए र स्मिथले एकपटक भनेका थिए, ‘तिमी र मबिच यस्तो विशेष कनेक्सन छ, जुन अरूसँग छैन।’
मुख्य घटना मार्च २०२५ मा लास भेगासमा भएको टुरको समयमा घटेको जोसेफले बताएका छन्। कम्पनीले बुक गरेको होटलको आफ्नो कोठामा फर्किंदा कोही अज्ञात व्यक्तिले प्रवेश गरेको संकेत भेट्टाए। कोठामा यौनजन्य सामानहरू थिए, वाइप्स, बियरको बोतल, अर्कै व्यक्तिको नाममा एचआईभीको औषधि, अस्पतालको डिस्चार्ज पेपर, एउटा झुम्का र रातो ब्याकप्याक। सबैभन्दा डरलाग्दो त एउटा हस्तलिखित नोट थियो, जसमा लेखिएको थियोः ‘ब्रायन, म ५:३० भन्दा पछि फर्किनेछु, केवल हामी दुई, तल मुटुको चित्र र स्टोन एफ सही।
यो देखेर जोसेफ निकै असहज बने र तुरुन्तै होटल सिक्युरिटी, टुर म्यानेजमेन्ट र नन-इमर्जेन्सी पुलिसलाई जानकारी गराए। तर म्यानेजमेन्टले उनको कुरा सुन्नुको सट्टा झूट बोल्ने आरोप लगायो र घटनाको दोष उनैमाथि थोपरियो। केही दिनपछि नै उनलाई टुर अब अर्को दिशामा जाँदैछ भन्दै जागिरबाट हटाइयो र छिट्टै अर्को भायलिन वादकलाई उनको स्थानमा राखियो।
जोसेफका अनुसार यो सबै बदलाको कारबाही थियो। घटनापछि उनलाई मानसिक तनाव, पीटीएसडीजस्ता समस्या भयो र टुरको तयारीमा गरेको आर्थिक लगानी पनि खेर गयो। मुद्दामा उनले यौन उत्पीडन, गलत बर्खास्ती र धम्कीका आरोप लगाएका छन् र क्षतिपूर्तिको रकम ज्यूरीले निर्धारण गर्नुपर्ने माग गरेका छन्।
अमेरिकाज गट ट्यालेन्टका पूर्वप्रतियोगी जोसेफले यो घटनाले आफ्नो करियर र मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको बताएका छन्। अर्कोतिर, विल स्मिथका वकिल एलेन बी. ग्रोडस्कीले आरोपहरूलाई ‘झूटा र आधारहीन’ भन्दै खारेज गरेका छन्। स्मिथ पक्षबाट आधिकारिक बयान भने अझै सार्वजनिक भएको छैन।
यो मुद्दाले हलिउडमा कार्यस्थल सुरक्षा र यौन उत्पीडनका मुद्दाहरू फेरि एकपटक चर्चामा ल्याएको छ। टुर जुनदेखि सेप्टेम्बरसम्म चलेको थियो र स्मिथको पछिल्लो एल्बमलाई प्रमोट गर्ने उद्देश्य राखेको थियो। अब अदालतले यो जटिल केसको छिनोफानो गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण