४५ वर्षको उमेरमा अस्ट्रेलियन ओपन खेल्दै भेनसले रच्नेछिन् इतिहास
सारांश
- टेनिस खेलाडी भेनस विलियम्स ४५ वर्षको उमेरमा अस्ट्रेलियन ओपन खेल्दै इतिहास रच्ने भएकी छन्।
- उनले वाइल्डकार्ड प्राप्त गरेकी हुन्, जसले उनलाई सबैभन्दा जेष्ठ महिला खेलाडी बनाउनेछ।
- भेनसले सन् २००३ र २०१७ मा अस्ट्रेलियन ओपनको फाइनलमा बहिनी सेरेना विलियम्ससँग हार व्यहोरेकी थिइन्।
मेलबर्न । टेनिस जगतकी भेट्रान स्टार भेनस विलियम्सले ४५ वर्षको उमेरमा अस्ट्रेलियन ओपनको मुख्य ड्रमा प्रतिस्पर्धा गर्दै नयाँ इतिहास रच्ने भएकी छन्।
आगामी जनवरी १८ देखि सुरु हुने वर्षको पहिलो ग्रान्डस्लामका लागि सात पटककी च्याम्पियन भेनसले अन्तिम ‘वाइल्डकार्ड’ प्राप्त गरेकी हुन्। यससँगै उनी अस्ट्रेलियन ओपन खेल्ने अहिलेसम्मकै जेष्ठ महिला खेलाडी बन्ने निश्चित भएको छ।
भेनसले सन् २०१५ मा ४४ वर्षको उमेरमा प्रतिस्पर्धा गरेकी जापानकी किमीको डेटको कीर्तिमानलाई तोड्नेछिन्। सन् २०२१ पछि पहिलो पटक मेलबर्न पार्क फर्कन लागेकी अमेरिकी स्टारले आफ्नो करियरमा विशेष अर्थ राख्ने स्थानमा पुनः अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन्। अस्ट्रेलियन ओपनमा दुई पटक फाइनल पुगेकी भेनस पछिल्लो पटक सन् २०२१ को दोस्रो चरणमा इटालीकी सारा एरानीसँग पराजित भएकी थिइन्।
सन् २०२३ पछि पहिलो पटक अमेरिका बाहिरको प्रतियोगिता खेल्न लागेकी भेनसले अस्ट्रेलियन ओपनको तयारीका लागि जनवरी १२ देखि सुरु हुने होबार्ट इन्टरनेसनलमा पनि सहभागिता जनाउनेछिन्। उक्त वार्म-अप प्रतियोगितामा उनलाई बेलायती युवा सनसनी एम्मा राडुकानुले पनि साथ दिनेछिन्। पूर्वविश्व नम्बर एक भेनस सन् २००३ र २०१७ को अस्ट्रेलियन ओपन फाइनलमा आफ्नै बहिनी सेरेना विलियम्ससँग पराजित भएकी थिइन्।
गत वर्षको यूएस ओपनमा चेक खेलाडी क्यारोलिना मुचोभासँग पहिलो चरणमा पराजित भएकी थिइन्। उनी ओपन एरामा ग्रान्डस्लाम खेल्ने तेस्रो जेष्ठ महिला खेलाडी बनिसकेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण