टी–२० विश्वकपका लागि जिम्बाब्वेको टोली घोषणा: क्रिमर र टेलरको पुनरागमनले टोली बलियो
सारांश
- जिम्बाब्वेले सन् २०२६ को टी-२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ, जसमा ग्रेम क्रिमरले पुनरागमन गरेका छन्।
- टोलीमा सिकन्दर राजा कप्तान रहेका छन्, जसमा ब्लेसिङ मुजाराबानी र ब्रेन्डन टेलरको पुनरागमन भएको छ।
- जिम्बाब्वेले विश्वकपमा अस्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड र ओमानसँग प्रतिस्पर्धा गर्नेछ र फेब्रुअरी ९ मा ओमानविरुद्ध खेल्नेछ।
हरारे । सन् २०२६ को टी–२० विश्वकपका लागि जिम्बाब्वेले आफ्नो १५ सदस्यीय बलियो टोलीको घोषणा गरेको छ। सात वर्षको लामो विश्रामपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका पूर्वकप्तान तथा लेग स्पिनर ग्रेम क्रिमरले विश्वकप टोलीमा स्थान बनाउन सफल भएका छन्। ३९ वर्षीय क्रिमरले हालै पाकिस्तानमा भएको त्रिकोणात्मक श्रृंखलामार्फत मैदानमा पुनरागमन गरेका थिए।
सिकन्दर राजाको कप्तानीमा चयन भएको यस टोलीमा अनुभवी खेलाडीहरूको बाहुल्यता छ। ढाडको चोटका कारण त्रिकोणात्मक श्रृंखला गुमाएका तीव्र गतिका बलर ब्लेसिङ मुजाराबानी टोलीमा फर्किएका छन्। उनलाई टेष्ट तथा एकदिवसीय टोलीका कप्तान रिचर्ड एनगाराभाले बलिङमा साथ दिनेछन्।
यस्तै, यसै वर्ष सन्यास फिर्ता लिएर क्रिकेटमा फर्किएका भेट्रान ब्याटर ब्रेन्डन टेलरले पनि टोलीमा आफ्नो स्थान सुरक्षित गरेका छन्। पुनरागमनपछि १३ खेलमा २५१ रन बनाएका टेलरबाट विश्वकपमा ठूलो इनिङको अपेक्षा गरिएको छ।
घरेलु क्रिकेटका स्टार मदान्दे टोलीमा सुरक्षित घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका क्लाइभ मदान्देले पनि विश्वकप टोलीमा आफ्नो स्थान पक्का गरेका छन्। उनले जिम्बाब्वेको पछिल्लो घरेलु प्रतियोगितामा चार खेलबाट १५२ रन बनाउँदै सर्वाधिक रनकर्ता बनेका थिए। ७६ को औसत र १३८ को स्ट्राइक रेटमा ब्याटिङ गरेका मदान्देले सिनियर ब्याटर सीन विलियम्सको अनुपस्थितिमा मध्यक्रम सम्हाल्नेछन्। टोलीबाट देब्रे हाते तीव्र गतिका बलर न्युम्यान न्यामहुरी भने बाहिरिएका छन्।
विश्वकपको कठिन समूहमा जिम्बाब्वे विश्वकपका लागि समूह ‘बी’ मा रहेको जिम्बाब्वेले अस्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड र ओमानसँग प्रतिस्पर्धा गर्नेछ। जिम्बाब्वेले फेब्रुअरी ९ मा ओमानविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्राको सुरुवात गर्नेछ। जिम्बाब्वेका सबै समूह चरणका खेलहरू श्रीलंकामा हुने तय भएको छ। अनुभवी स्पिनर वेलिङ्टन मसाकाद्जा र क्रिमरको जोडीले श्रीलंकाको स्पिनमैत्री पिचमा विपक्षी टोलीलाई दबाबमा राख्ने रणनीति जिम्बाब्वेले बनाएको छ।
विश्वकप खेल्ने जिम्बाब्वेको टोली: सिकन्दर राजा (कप्तान), ब्रायन बेनेट, रायन बर्ल, ग्रेम क्रिमर, ब्राड इभान्स, क्लाइभ मदान्दे, टिनोटेन्डा मापोसा, तादिवानाशे मारुमनी, वेलिङ्टन मसाकाद्जा, टोनी मुन्योङ्गा, ताशिङ्गा मुसेकिवा, ब्लेसिङ मुजाराबानी, डियन मायर्स, रिचर्ड एनगाराभा र ब्रेन्डन टेलर।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण