महाधिवेशन विवादबारे धारणा तय गर्न शेखर समूह जुट्यो छलफलमा
काठमाडौँ । नेपाली कांग्रेसमा जारी महाधिवेशन विवादबारे धारणा तय गर्न डा शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । विशालबजार स्थित कोइरालाको सचिवालयमा यो समूहको बैठक जारी छ ।
छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू बलबहादुर केसी मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा गोविन्द पोखरेल, सरिता प्रसाईँसहित ४० भन्दा बढी केन्द्रीय सदस्य सहभागी छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो बसेको कार्यसम्पादन समिति बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय बहुमतले गरेपछि शेखर समूह छलफलमा जुटेको हो ।
निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका छन् । फरक मत राख्नेमा सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मी छन् ।
१४ औँ महाधिवेशनमा शेखर गगन समूह एक भएर प्रतिस्पर्धा गरेको थियो । १५ महाधिवेशनमा भने उनीहरूबिच सहकार्य भएको छैन ।
महामन्त्री थापाले भने पुसभित्र विशेष महाधिवेशन हुने बताएपछि कांग्रेसमा अन्यौलता छाएको छ । यो अवस्थामा शेखर समूहबिच भएको छलफललाई चासोका साथ हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण