गाजामा गहिरिँदै मानवीय सङ्कट, दश लाखभन्दा बढीलाई आश्रयको खाँचो
काठमाडाैँ । संयुक्त राष्ट्रसंघले गाजामा अझै दश लाखभन्दा बढी मानिसलाई तत्काल आश्रय सहायताकाे आवश्यक रहेकाे जनाएकाे छ । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताको कार्यालयले शुक्रबार साे कुरा जनाएको हाे । यो सङ्ख्या गाजाको कुल जनसंख्याको करिब आधा हो ।
युद्धविरामपछि मानवीय सहयोगकर्ताले हजारौँ टेन्ट र सयौँ हजार तारपालिन तथा अन्य सामग्री वितरण गरे पनि आश्रयको आवश्यकता अझै कायम रहेको कार्यालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओचा) का अनुसार कठोर जाडो यामका कारण गाजामा धेरैजसो प्यालेस्टिनी परिवार वर्षा, हुरी र समुद्री छालले क्षतिग्रस्त अस्थायी टेन्टमा बस्न बाध्य छन् । यस अवस्थाले सबैभन्दा कमजोर परिवारहरू थप जोखिममा परेका छन् ।
यसैबिच, पानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा काम गरिरहेका संयुक्त राष्ट्रका साझेदारहरूले ठोस फोहोर व्यवस्थापनमा गम्भीर चुनौती सामना गरिरहेका छन् । ल्यान्डफिलसम्म पुग्न नसक्नु, क्षतिग्रस्त पूर्वाधार र इन्धन अभावका कारण सङ्कलन गरिएको र थुप्रिएको फोहोरबीचको अन्तर बढ्दै गएको छ ।
यद्यपि यी अवरोधबिच पनि संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) को सहयोगमा सञ्चालित टोलीहरूले युद्धविरामयता प्रत्येक महिना करिब एक हजार टन ठोस फोहोर हटाउँदै आएका छन्, जसले बालबालिका र उनीहरूका परिवारको स्वास्थ्य र कल्याण जोगाउन मद्दत पुर्याएको छ ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) ले डिसेम्बरमा जारी गरेको प्रतिवेदनमा ठोस फोहोर व्यवस्थापन सबैभन्दा बढी प्रभावित सेवामध्ये एक भएको उल्लेख गर्दै सीमित अस्थायी फोहोर थुपार्ने स्थल मात्र सञ्चालनमा रहेको बताएको छ, जसले वातावरणीय तथा जनस्वास्थ्य जोखिम बढाएको छ ।
यसै साता जारी विज्ञप्तिमा संयुक्त राष्ट्रका विभिन्न निकाय र साझेदारहरू सम्मिलित अन्तर–एजेन्सी स्थायी समितिले इजरायली अधिकारीहरूलाई धेरै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामाथि प्रतिबन्ध लगाउने योजनाप्रति पुनर्विचार गर्न आग्रह गरेको छ । समितिले ती संस्थाहरू ओकुपाइड प्यालेस्टिनी क्षेत्रमा मानवीय सहयोग सञ्चालनका लागि अत्यन्तै महत्वपूर्ण रहेको जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण