धनराज गुरुङको प्रश्न : सबै आ-आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध बनाउनेमा आफूहरुको जोड रहने बताएका छन् । शनिबार कांग्रेसका नेता डा.शेखर कोइराला पक्षधर नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले फरक मत राखेका नेताहरुलाई पनि समेटेर मूलधारमा ल्याउने बताए । उनले पार्टीलाई कुनैपनि हालतमा चोइटिन नदिने दाबी गरे । विशेष महाधिवेशन पक्षधरलाई साथ दिने वा नदिने भन्नेकुरा गौण भएको पनि उल्लेख गरे । उपसभापति गुरुङले सिंगो पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताए । सबै आफ्नो आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ भन्नेकुरा विचार गर्नुपर्ने बताए ।
उनले भने, ‘पार्टीलाई कुनै पनि हालतमा चोइटिने, टुक्रिन दिने कुरा हुँदैन भन्ने कोणबाट हामीले कुरा गरेका छौँ । सँगै सबै साथीहरुलाई समेटेर फेरि पार्टीमा मूलधारमा नै लिएर जाने भन्ने कुरा छ । विशेष महाधिवेशन पक्षधरलाई साथ दियो दिएन भन्ने कुरा गौण हो । सिंगो पार्टीलाई कसरी लैजाने भन्नेकुरा प्राथमिकतामा हुन्छ । कसलाई साथ दिने नदिने भन्नेकुरा गौण हो ।’
गुरुङले भने, ‘पार्टी कहाँनेर पुग्छ भन्नेकुरा महत्वपूर्ण हुन्छ । पार्टीलाई कसरी सबलीकरण गर्दै लैजाने भन्नेकुरा प्रमुख कुरा हो, अहिले । परिवारमा दिनदिनै झगडा गर्यो भने के हुन्छ, त्यो परिवार ? त्यो परिवार बलियो हुन्छ कि कमजोर हुन्छ ? त्यस्तै गरेर पार्टी पनि एउटा परिवार हो । परिवारभित्र धेरै झगडा गर्नहुन्न ।’
उनले पार्टीमा धेरै विवाद सिर्जना हुँदा पार्टी कमजोर बन्ने र त्यसको फाइदा अरुलाई हुने बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण