पाँच जिल्लामा पाँच जना मृत फेला
सारांश
- शुक्रबार र शनिबार देशका पाँच जिल्लामा पाँच जना मृत अवस्थामा फेला परेका छन्।
- मोरङ, रौतहट, महोत्तरी, दार्चुला र मकवानपुरमा शव भेटिएको प्रहरीले जनाएको छ।
- प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिसकेको छ।
काठमाडौँ । देशका विभिन्न पाँच जिल्लामा शुक्रबार र शनिबार गरी पाँच जना मृत अवस्थामा फेला परेका छन्। मोरङ, रौतहट, महोत्तरी, दार्चुला र मकवानपुरमा छुट्टाछुट्टै स्थानमा उनीहरूको शव भेटिएको प्रहरीले जनाएको हो।
मोरङको सुनवर्षी नगरपालिका–७ स्थित बक्राहा खोलाको किनारमा रतुवामाई नगरपालिका–१ का ३५ वर्षीय मङ्गल हेमरम मृत फेला परेका छन्। यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित मालपोत कार्यालय जाने सडकमा अन्दाजी ६० वर्षीय पुरुषको शव भेटिएको छ। ती पुरुषको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
महोत्तरीको सोनमा गाउँपालिका–४ खैश्राहामा १८ वर्षीय मनिष कुमार यादव स्थानीय पोखरीमा मृत फेला परेका छन्। दार्चुलाको महाकाली नगरपालिका–७ धापस्थित महाकाली नदीको किनारमा अन्दाजी ५६ वर्षीया महिला मृत अवस्थामा भेटिएकी छिन्। उनको पनि पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उता मकवानपुरको मनहरी गाउँपालिका–३ शिद्धकालीस्थित पोखरीमा सोही ठाउँका ६३ वर्षीय कुमार सिं स्याङतान मृत फेला परेका छन्।
प्रहरीले यी सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिसकेको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण