भोलि दिउँसो रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
शनिबार, १९ पुस २०८२, १८ : ०८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ ।
पार्टी सभापतिको आह्वानमा महामन्त्री कविन्द्र बुर्लाकोटीको समन्वयमा बस्ने बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरणलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।
बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौँमा बस्ने रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकको कार्यसूचीमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण सम्बन्धमा छलफल र विविध विषयहरू समावेश छन् । केन्द्रीय समितिका सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको आग्रहमा आक्रमण रोकेको ट्रम्पको दाबी, तेहरानले वार्ता अस्वीकार गर्यो
-
सांसद पौडेलले सुकुमबासी बस्तीबाट भने : ‘साथीहरू डोजर चल्छ भनेर डराउनुभएको छ, कसले चलाउँछ डोजर ?’
-
अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण