भेनेजुएलामाथि अमेरिकी हमलाको नेकपा माओवादीद्वारा कडा निन्दा, तत्काल रोक्न माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सार्वभौम मुलुक भेनेजुएलामाथि अमेरिकाले गरेको 'विनाशकारी सैन्य हमला'को कडा निन्दा गरेको छ ।
पार्टीले अमेरिकाको यस कार्यलाई 'साम्राज्यवादी–सैन्यवादी हस्तक्षेप'को संज्ञा दिँदै तत्काल आक्रमण रोक्न माग गरेको छ ।
पार्टीका महासचिव विप्लवले शनिबार जारी गरेको प्रेस वक्तव्यमा अमेरिकाले भेनेजुएलामाथि लागुपदार्थ ओसारपसारको झूटा आरोप लगाएर सैन्य हमला गरेको उल्लेख छ, जसले विश्वलाई स्तब्ध बनाएको छ । वक्तव्यमा भनिएको छ– हामी यो विध्वंसात्मक र अतिक्रमणकारी हमलाको घोर भर्त्सना गर्दछौँ ।'
पार्टीले अमेरिकाको यो कार्य समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ता सञ्चालनकै कारण गरिएको साम्राज्यवादी–सैन्यवादी हस्तक्षेप भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'फरक विचार र सत्ताका कारण हमला गर्नु भनेको राष्ट्रको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता, प्रतिस्पर्धा र मानवअधिकारको ठाडो उल्लंघन गर्नु हो ।'
पार्टीले अमेरिकालाई यथाशीघ्र आक्रमण रोक्न र समस्याको समाधान वार्ता तथा सहमतिका माध्यमबाट खोज्न जोडदार माग गरेको छ । साथै विश्व राजनीतिक शक्ति, मानवअधिकारवादी र नागरिक समाजलाई यसका लागि सशक्त पहल गर्न पनि आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण