बाघको आक्रमणबाट बाँकेमा एक जनाको मृत्यु
सारांश
- बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भयो, प्रहरीले जनाएको छ।
- राष्ट्रिय निकुञ्जको जङ्गलमा गाई चराउन गएका ६१ वर्षीय भण्डारीमाथि बाघले आक्रमण गरेको थियो।
- यसअघि पनि बाघको आक्रमणबाट कुसुममा एक जनाको मृत्यु भएको थियो।
नेपालगन्ज । बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा शनिवार एक जनाको मृत्यु भएको छ ।
आक्रमणबाट स्थानीय ६१ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । बाघको आक्रमणबाट केही महिनाअघि कुसुममा एक जनाको ज्यान गएको थियो ।
प्रहरीका अनुसार गाई चराउन गएको बेला शनिवार दिउँसो २ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जङ्गलमा उनीमाथि बाघले आक्रमण गरेको थियो । भण्डारीसँगै गाई चराउन गएका स्थानीय पिमलाल डाँगीले बाघले एक्कासि आक्रमण गरेकाे जानकारी प्रहरीलाई जानकारी दिएका थिए ।
भण्डारीसँगै रहेका अन्यलाई पनि बाघले आक्रमण गर्न खोजेपछि भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
घटनापछि बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायतको टोली जङ्गलमा पुगेको थियो । बाघले आक्रमण गरेको उक्त क्षेत्र पूर्वपश्चिम राजमार्गको सौरी खोलादेखि उत्तरतर्फ रहेको छ । प्रहरीका अनुसार भण्डारीको शव नजिकै ५० मिटरको दूरीमा एउटा गाईलाई समेत बाघले आक्रमण गरेर मारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
-
प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
-
गड्यौला मलले फेरियो किसानको दैनिकी, अर्गानिक खेतीबाट लाखौँ आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण