नेपाल लाइफले नगद लाभांश र बोनस सेयर दिने
सारांश
- नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा वीरगन्जमा सम्पन्न भयो, जसमा आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पारित भयो।
- कम्पनीले सेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्यो, जसमा १६.०५ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर समावेश छन्।
- साधारण सभाले गोविन्द लाल संघईलाई अध्यक्षमा पुनः चयन गर्यो, र कम्पनीको लगानी २५४ अर्ब रुपैयाँ पुगेको छ।
पर्सा । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा शनिबार वीरगन्जमा सम्पन्न भएको छ ।
सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आ.व.२०८१/८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको छ । सभाले आ.व. २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि निर्धारण गरेको छ ।
साधारण सभाले आ.व. २०८१/८२ को वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजी रु. ९,०२,८७,६३,२०९ को जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम रु. १,९०,०७,९२,२५५ (अक्षेरुपी एक अर्ब नब्बे करोड सात लाख बयानब्बे हजार दुई सय पचपन्न मात्र) सेयरधनीहरूलाई लाभांशको रूपमा प्रदान गर्ने जसमा १६.०५ प्रतिशत नगद लाभांश (लाभांशको कर सहित) र ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
साधारणसभाले संस्थापक समूह अन्तर्गत गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभा पछि बसेको सञ्चालक समितिको ४०७औँ बैठकले गोविन्द लाल संघईलाई सर्वसम्मतिबाट अध्यक्षको रूपमा चयन गरेको छ ।
२०८२ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. २५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २४५ अर्ब रुपैयाँ र सेयरधनी कोष रु. १३ अर्ब बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु.३२६ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने रु. १०३ अर्ब जम्मा दाबी भुक्तानी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण