कांग्रेस महाधिवेशन विवाद : पदाधिकारी बैठक आह्वान
सारांश
- नेपाली कांग्रेसले १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।
- महाधिवेशनको मिति सारिएपछि उत्पन्न विवाद समाधानका लागि पार्टीको पदाधिकारी बैठक बोलाइएको छ।
- महामन्त्री थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्, जसलाई लिएर पार्टीमा मतभेद छन्।
काठमाडौँ । आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय कार्यसम्पादन समिति बैठकले गरेपछि देखिएको विवाद समाधानको उपाय खोज्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आह्वान भएको छ ।
आइतबार दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाइएको जानकारी सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए । ‘दिउँसो २ बजे पदाधिकारी बैठक भनेर पार्टी केन्द्रीय कार्यालय बोलाइएको छ,’ सहमहामन्त्री यादवले रातोपाटीसँग भने ।
पुस २६ देखि २८ गतेसम्म तोकिएको पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार काम नभएपछि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले महाधिवेशनको मिति सारेर वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय बहुमतले गरेको थियो ।
त्यो निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखेका छन् ।
त्यतिमात्रै होइन महामन्त्री थापाले त कार्यसम्पादन समिति बैठकपछि पुस मसान्तभित्र पार्टीको विशेष महाधिवेशन गरेरै छोड्ने घोषणा गरेका छन् ।
कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको ३ महिनामा विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ ।
त्यही व्यवस्थाअनुसार विशेष महाधिवेशन बोलाउनु पर्ने महामन्त्री थापाको भनाइ छ । तर, संस्थापनले भने मङ्सिर १५ गते नियमित महाधिवेशनको मिति तोकिएपछि विशेष महाधिवेशन माग गरेका हस्ताक्षर निष्क्रिय भइसकेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण