कपनबाट हराएको मोटरसाइकलसहित युवक पक्राउ
आइतबार, २० पुस २०८२, ११ : ५०
सारांश
- कपनबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
- प्रहरीले पुस १७ गते चोरी भएको मोटरसाइकलसहित १९ गते ललितपुरबाट अभियुक्तलाई फेला पारेको हो।
- पक्राउ पर्नेमा नुवाकोट घर भएका २६ वर्षीय जीवन लामिछाने रहेका छन्, र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँको कपनबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। गत पुस १७ गते बिहान साढे ११ बजे कपन क्षेत्रबाट बा.प्र. ०२–०४३ प ६१३६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको भन्दै प्रहरी वृत्त बौद्धमा निवेदन परेको थियो ।
सोही निवेदनका आधारमा खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले पुस १९ गते बिहान ११ बजे काठमाडौँ महानगरपालिका–२६ पवित्रनगरस्थित सडक किनारबाट मोटरसाइकलसहित अभियुक्तलाई फेला पारेको हो ।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका वडा नं. ३ घर भई हाल ललितपुर बस्ने २६ वर्षीय जीवन लामिछाने रहेका छन्। उनलाई चोरीको मोटरसाइकलसहित फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लामिछानेमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण