चीनमा भएको एसियाली तेक्वान्दो प्रतियोगितामा नेपाललाई २६ पदक
सारांश
- चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले २६ पदक जिते।
- नेपाली टोलीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य पदक जितेको हो, जसमा गेरोगी, पुम्से र स्पिड किक विधामा पदक समावेश छन्।
- जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गिता विष्टले स्वर्ण पदक जिते भने अन्य खेलाडीले रजत र कांस्य जिते।
नान्जिङ । चीनको नान्जिङमा सम्पन्न एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औँ मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले सानदार प्रदर्शन गर्दै कूल २६ पदक जितेका छन्। नेपाली टोलीले प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र १५ कांस्य पदक हात पारेको हो। खेलाडीहरूले गेरोगी, पुम्से र स्पिड किक विधामा यी पदक जितेका हुन्।
नेपालका लागि जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गिता विष्टले स्वर्ण पदक जितेका छन्। त्यसैगरी आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल, मेघानी घतानी, जिग्मे तेन्जिङ शेर्पा, दीपक दुलाल र रन्जिता भुसालले रजत पदक जिते। १५ जना अन्य खेलाडीहरूले कांस्य पदक प्राप्त गर्दै देशको नाम राखेका छन्।
लिटिल बड स्कुल, गोंगबु तेक्वान्दो डोजाङ र डाफोडिल पब्लिक स्कुलका खेलाडी सम्मिलित यस टोलीको नेतृत्व प्रशिक्षक सरोज तामाङ र विकेश विडारीले गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण