शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मिलिनियम किड्स इन्टरनेशनल २०२६’ मा चार विजेता घोषित

आइतबार, २० पुस २०८२, १४ : १८
आइतबार, २० पुस २०८२

सारांश

  • काठमाडौंमा सम्पन्न 'मिलिनियम किड्स इन्टरनेशनल २०२६' मा चार जना विजेता छानिएका छन्।
  • प्रतियोगितामा जुनियर र सिनियर विधामा विभिन्न विजेताहरूले उपाधि जितेका छन्।
  • बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले प्रतियोगिता आयोजना गरेको थियो।

काठमाडौँ । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२६’ मा एकसाथ चार विजेता छानिएका छन् । प्रतियोगितामा जुनियर र सिनियर चार विजेता छानिएको हो । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा जुनियर केटातर्फ रिवान बस्नेत विजेता बन्दा जुनिएर केटीतर्फको उपाधि आरुसी बुढाथोकीले हात पारिन् ।

त्यस्तै,सिनियर केटातर्फ इङ्गसोजंग थापा शीर्ष विजेता घोषित हुँदा सिनियर केटीतर्फको उपाधि मानस्वी बस्नेतले हात पारिन् । शीर्ष विजेता सबैले उपाधिको साथमा विभिन्न अवसर समेत पुरस्कारको रूपमा प्राप्त गरेका छन् ।

बालबालिकाको प्रतिभा निखार्ने एउटा पृथक प्रतियोगिताको रूपमा परिचित यस प्रतियोगितामा जुनियर केटातर्फ शिवांशु अर्याल सेकेन्ड रनर अप र प्रान्शु बस्नेत फस्ट रनर अप छानिदा जुनियर केटीतर्फ क्यारिन बाडेकर फोर्थ अनर अप, अनिता महर्जन थड रनर अप, शुभानी पाण्डे सेकेन्ड रनर अप र अलिमा थापा फस्ट रनर अप बने । 

त्यस्तै सिनियर केटातर्फ शिबाम्सु कटेल सेकेन्ड रनर अप बन्दा ब्रायन श्रेष्ठ फस्ट रनर अप बने । सिनियर केटीतर्फ रेनेश्मी स्थापित फोर्थ रनर अप, इभानी पुन मगर थर्ड रनर अप, डिजा आभा तिम्सेना सेकेन्ड रनर अप, सुशासिका घर्तीमगर फस्ट रनर अप विजेता बन्न सफल रहे ।

नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिताहरू भन्दा भिन्न तवरबाट अन्तर्राष्ट्रिय स्तरको लाइट, स्टेज र साउन्ड सिस्टमा सहित आयोजित प्रतियोगिताको होमनाथ आचार्य (प्रिन्सिपल माछापुच्छ्रे आइबी वर्ल्ड स्कुल), सन्तोष दाहाल प्रिन्सिपल (ललितपुर युरो स्कुल),  बुनु राई (प्राइमरी स्कुल को–अडिनेटर, काठमाडौँ वर्ल्ड स्कुल), सुरैया शाक्य (प्राइमरी को–अडिनेटर ज्ञानोदय बाल बाटिका उच्च माध्यमिक बिद्यालय),कल्पना त्रिपाठी(इवाईपी को–अडिनेटर जेभियर इन्टरनेशनल स्कुल) लगायत निर्णायक रहेका थिए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए ।

विभिन्न आकर्षक शैलीमा बालबालिकाको स्टेज प्रस्तुतिसहित आयोजित प्रतियोगिता बालबालिकालाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले जानकारी दिए । प्रतियोगीको ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । प्रतियोगिताको यो चौथो संस्करण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप