निकोलस मदुरो र प्रथम महिलालाई रिहा गर : चीन
सारांश
- चीनले भेनेजुएलामाथि अमेरिकी आक्रमणको विरोध गर्दै राष्ट्रपति मादुरो र पत्नीलाई अपहरण गरेकोमा आपत्ति जनाएको छ।
- चीनले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लङ्घन भएको बताएको छ।
- चीनले मादुरो र उनकी पत्नीलाई तुरुन्तै रिहा गर्न र भेनेजुएलाको सरकार ढाल्ने काम बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ।
बेइजिङ । भेनेजुएलामाथि आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र प्रथम महिलालाई अपहरण गर्ने अमेरिकी कदमको चीनले विरोध गरेको छ । आइतबार चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सोको विरोध गरेको हो । मन्त्रालयका प्रवक्ताले आइतबार अमेरिकासँग मादुरो र उनकी पत्नी सिलिया फ्लोर्सलाई एकै पटक रिहा गर्न भनेको छ ।
शनिबार अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेर मादुरो र उनकी श्रीमतीलाई अपहरण गरेको र अमेरिका ल्याएको समाचारको विरोधमा विश्वभरबाट प्रतिक्रिया आइरहँदा चीनबाट यस्तो प्रतिक्रिया आएको हो ।
मादुरो र उनकी श्रीमतीको जबरजस्ती अपहरण गरेर देशबाट बाहिर लैजानुप्रति चीनले गम्भीर चिन्ता व्यक्त गरेको प्रवक्ताले बताएका छन् ।
अमेरिकी कदम अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरू र संयुक्त राष्ट्रसंघको बडापत्रको उद्देश्य र सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन भएको उनले भनेका छन् ।
मादुरो र उनकी श्रीमतीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न, उनीहरूलाई तुरुन्तै रिहा गर्न, भेनेजुएलाको सरकार ढाल्ने काम बन्द गर्न र संवादमार्फत समस्याहरू समाधान गर्न पनि चीनले अमेरिकालाई आग्रह गरेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण