कांग्रेसमा महाधिवेशन विवाद : देउवा निवासमा शीर्ष नेताहरूको बैठक
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनबारे छलफल गर्दैछन्।
- छलफलमा विशेष महाधिवेशन रोक्ने विषयमा कुराकानी भइरहेको छ।
- महामन्त्री गगन थापाले विशेष महाधिवेशन पुसभित्रै गर्ने अडान लिएका छन्।
काठमाडौँ । पार्टीको १५औँ महाधिवेशन सम्बन्धमा देखिएको विवादबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन समूहका कार्यसम्पादन समितिमा रहेका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । आइतबार महाराजगञ्जस्थित आफ्नै निवासमा देउवाले उनीहरूसँग छलफल गरिरहेका हुन् ।
छलफलमा संस्थापनका वर्तमान र पूर्वपदाधिकारीहरू तथा कार्यसम्पादन समितिमा रहेका नेताहरू सहभागी छन् ।
बैठकमा विशेष महाधिवेशन गरेरै छोड्ने महामन्त्री गगन थापाको अडान र तयारीलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमतले पारित गरेको छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विधान अनुसार माग भएको विशेष महाधिवेशन पुसभित्रै गरिछाड्ने बताएका छन् ।
नेता रमेश लेखकले अहिले बैठक चलिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण