माग सम्बोधन नभए सरकारसँगको वार्ता तोड्ने दुर्गा प्रसाईंको चेतावनी
सारांश
- दुर्गा प्रसाईंले सरकारले माग पूरा नगरे वार्ता भंग गर्ने चेतावनी दिए।
- उनले सशक्त आन्दोलनको चेतावनी दिँदै देश संकटमा रहेको दाबी गरे।
- प्रसाईंले युवाहरूलाई स्वदेश फर्केर राष्ट्र निर्माणमा लाग्न आग्रह गरे।
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना मागहरू सरकारले पूरा नगरे वार्ताको प्रक्रिया भंग गर्ने चेतावनी दिएका छन्। आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प पृथ्वीपथ’ विषयक कार्यक्रममा बोल्दै प्रसाईंले सरकारलाई आफ्ना एजेण्डाबारे औपचारिक जानकारी गराइसकेको र अबको कदम सरकारको जवाफमा निर्भर रहने बताएका हुन् ।
उनले सरकारसँगको संवाद सफल नभए आफू सशक्त आन्दोलनमा उत्रिन तयार रहेको समेत प्रस्ट पारे। समान विचार राख्ने शक्तिहरू एक ठाउँमा उभिएर दबाब सिर्जना गर्नुपर्नेमा जोड दिँदै प्रसाईंले देश यतिबेला गम्भीर संकटमा रहेको दाबी गरे।
मुलुकको अवस्था बिग्रँदै गएकाले विदेशमा रहेका युवाहरूलाई स्वदेश फर्केर राष्ट्र निर्माणमा जुट्न उनले अपिल गरे। आफ्ना मागहरू नागरिकको हितसँग जोडिएको दाबी गर्दै उनले सरकारले आलटाल गरे सडक संघर्ष नै अन्तिम विकल्प हुने चेतावनी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण