ज्योति विकास बैंकद्वारा कोशीका दुर्गम स्वास्थ्य चौकीलाई 'बेबी वार्मर' हस्तान्तरण
सारांश
- ज्योति विकास बैंकले दुर्गम जिल्लाका स्वास्थ्य चौकीहरूलाई 'बेबी वार्मर' मेसिन प्रदान गरेको छ।
- बैंकले संखुवासभा, खोटाङ र पाँचथरका स्वास्थ्य चौकीमा उपकरण जडान गरी स्वास्थ्यकर्मीलाई तालिम दिएको छ।
- बैंकले देशभर ७० वटा बेबी वार्मर जडान गरी वार्षिक २४४२ शिशुको जीवन रक्षा गर्दै आएको छ।
खोटाङ । ज्योति विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशका विभिन्न दुर्गम जिल्लाका स्वास्थ्य चौकीहरूलाई नवजात शिशुको जीवन रक्षाका लागि उपयोगी 'बेबी वार्मर' (न्यानो नानी) मेसिन प्रदान गरेको छ। नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मियाबाट जोगाउन बैंकले संखुवासभाको सिसुवाखोला हेल्थ पोस्ट र नुम प्राथमिक स्वास्थ्य केन्द्र, खोटाङको पुजनसेवा नगर अस्पताल तथा पाँचथरको एकतीन हेल्थ पोस्टमा उक्त उपकरण जडान गरेको हो।
बैंकले आफ्नो शाखा नभएका स्थानमा समेत पुगेर यी उपकरण उपलब्ध गराउँदै सुरक्षित प्रसूति सेवामा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ। उपकरण हस्तान्तरणसँगै बैंकले सम्बन्धित स्वास्थ्यकर्मीहरूलाई मेसिन सञ्चालन सम्बन्धी विशेष तालिम समेत प्रदान गरेको छ। ज्योति विकास बैंकले हालसम्म देशभर ७० वटा बेबी वार्मर जडान गरिसकेको छ, जसबाट वार्षिक करिब २४४२ भन्दा बढी शिशुको जीवन रक्षा भइरहेको छ।
सामाजिक कार्यका लागि आफ्नो मुनाफाबाट अन्य बैंकको तुलनामा ५० प्रतिशत बढी रकम छुट्याउँदै आएको यस बैंकले गत आर्थिक वर्षमा राज्यलाई ४१ करोड रुपैयाँ कर बुझाएको छ। हाल बैंकले ११८ शाखा र ७५ वटा एटीएममार्फत देशभर सेवा दिइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी भट्ट र अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो
-
भारतीय अवरोधका कारण नेपाली चिया उद्योग सङ्कटमा, असार ४ गतेदेखि उद्योग बन्द गर्ने चेतावनी
-
वडा सदस्य मृत फेला, आत्महत्या गरेको आशंका
-
सुदूरपश्चिममा बजेटकाे सिलिङलाई लिएर विवाद : राति ९ बजे बजेट ल्याउने तयारी
-
विकास बजेट २१.५ प्रतिशतले बढ्दा साधारण खर्च नियन्त्रणमा जोड
-
म्यानपावर कम्पनीहरूलाई कामदार पठाएको विवरण बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण