एकता समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति बनाउने रास्वपाको निर्णय
सारांश
- रास्वपाले पार्टी समायोजन र निर्वाचनका लागि दुई उपसमिति गठन गर्ने निर्णय गरेको छ।
- डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार छनोटका लागि उपसमिति बन्नेछ।
- कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गरिनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ। आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय गरेको छ ।
निर्णय :
१.प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने। उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने। उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने।
२.पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण र निष्कर्षमा पुर्याउन पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने । उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण