विशेष महाधिवेशनको पक्षमा लाग्ने मन्त्री हटाउने कांग्रेसको तयारी
सारांश
- नेपाली कांग्रेसभित्र महाधिवेशनको विषय पेचिलो बन्दै गएको छ, जसले पार्टीभित्रै विवाद निम्त्याएको छ।
- पार्टी नेतृत्वले विशेष महाधिवेशनको माग गर्ने प्रदेश सरकारका मन्त्रीहरूलाई हटाउने तयारी गरेको छ।
- विशेष महाधिवेशनको मागलाई लिएर शीर्ष नेताहरूबीच छलफल भइरहेको छ, जसले विवाद समाधान गर्ने प्रयास गरिरहेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषय पेचिलो बन्दै गएको छ । शुक्रबार कार्यसम्पादन समिति बैठकले वैशाख २८ देखि ३१ गतेसम्म पार्टीको १५ महाधिवेशन गर्ने निर्णय गर्यो ।
त्यसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका ५ नेताले फरक मत राखे । उनीहरूको माग ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेकाले पुसभित्र विशेष महाधिवेशन गर्नैपर्छ भन्ने छ ।
विशेष महाधिवेशनको माग रोक्न कांग्रेसले पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका र विशेष महाधिवेशनको पक्षमा वकालत गर्ने मन्त्रीहरूलाई हटाउने तयारी थालेको छ । यस विषयमा शीर्ष नेताहरूबिच छलफल भइरहेको एक नेता बताउँछन् ।
‘पार्टी नेतृत्वकै सिफारिसमा विभिन्न प्रदेश सरकारमा सहभागी हुने तर त्यही शीर्ष नेतृत्वकै विपक्षमा र विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने मन्त्रीहरूलाई मन्त्रिपरिषद् पुनर्गठन गरेर हटाउने विषयमा छलफल भइरहेको छ । केही दिनमै निर्णय हुन्छ,’ एक नेताले रातोपाटीसँग भने ।
मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम गरी ४ प्रदेशमा सरकारको नेतृत्व गरेको कांग्रेस सात प्रदेशमा नै सरकारमा सहभागी छ । मधेसमा कृष्णप्रसाद यादव, बागमतीमा इन्द्रबहादुर बानियाँ, गण्डकीमा सुरेन्द्रराज पाण्डे र सुदूरपश्चिममा कमल शाह मुख्यमन्त्री छन् ।
मुख्यमन्त्रीहरूमा समस्या नरहेको र मन्त्रीहरूमा समस्या देखिएको ती नेताले बताए । सातै प्रदेशमा पार्टीका तर्फबाट सहभागी भएर विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरूलाई हटाउने विषयमा नेतृत्व तहमा छलफल भइरहेको हो ।
विशेष महाधिवेशन पक्षमा हस्ताक्षर गर्ने सातै प्रदेशमा रहेका मन्त्रीहरू रहेका जानकारी शीर्ष नेताहरूलाई रहेको स्रोतले बतायो । विशेष महाधिवेशन माग गरेपछि देखिएको विवादलाई कसरी साम्य गर्ने भन्नेबारे अहिले आफू पक्षका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण