शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा दूतावास नजिकै प्रदर्शन, तस्बिरहरू
अमेरिका भेनेजुएला तनाव

भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा दूतावास नजिकै प्रदर्शन, तस्बिरहरू

आइतबार, २० पुस २०८२

काठमाडौँ । भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र वैदेशिक हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले काठमाडौँमा प्रदर्शन गरेको छ। महाराजगन्जस्थित अमेरिकी दूतावास नजिकै जम्मा भएका विद्यार्थीहरूले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्न र त्यहाँको सार्वभौमसत्ताको रक्षा गर्न माग गर्दै नाराबाजी गरेका हुन्। कुनै पनि स्वतन्त्र राष्ट्रको निर्णय प्रक्रियामा वैदेशिक शक्तिले सैनिक दबाब दिनु अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको भन्दै उनीहरूले विरोध जनाएका छन्।

Protest againts USA-Nepal photo library-01

प्रदर्शनका क्रममा विद्यार्थी नेताहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथिको कारबाही तत्काल फिर्ता लिन र त्यहाँको राजनीतिक सङ्कटको समाधान बाह्य सैन्य हस्तक्षेपबाट नभई आन्तरिक संवादबाट खोजिनुपर्ने धारणा राखे। अमेरिकी दूतावास वरपर सुरक्षा व्यवस्था कडा पारिए पनि विद्यार्थीहरूले प्लेकार्ड र ब्यानर बोकेर विरोध कार्यक्रमलाई निरन्तरता दिएका थिए।

Protest againts USA-Nepal photo library-02Protest againts USA-Nepal photo library-03Protest againts USA-Nepal photo library-04Protest againts USA-Nepal photo library-05Protest againts USA-Nepal photo library-06Protest againts USA-Nepal photo library-07Protest againts USA-Nepal photo library-08Protest againts USA-Nepal photo library-09Protest againts USA-Nepal photo library-10

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया