म्यानमा सेनाद्वारा ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा
सारांश
- म्यानमाको सेनाले स्वतन्त्रता दिवसको अवसरमा ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा गरेको छ।
- रिहा गरिएका कैदीहरूमा ५२ जना विदेशी नागरिक पनि छन्, जसलाई देश फर्काइनेछ।
- म्यानमामा सेनाले निर्वाचन सुरु गरेको छ, तर यसलाई लिएर मानवअधिकारकर्मीहरूले आलोचना गरेका छन्।
म्यानमा । म्यानमाको सैन्य सरकारले देशको स्वतन्त्रता दिवसको अवसरमा वार्षिक ‘क्षमायोजन कार्यक्रम’ अन्तर्गत ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा गरेको छ ।
सैन्य शासनको राष्ट्रिय सुरक्षा परिषद्को विज्ञप्तिमा भनिएको छ, “सङ्घीय गणराज्य म्यानमारका कार्यवाहक राष्ट्रपतिले विभिन्न जेल, हिरासत केन्द्र र शिविरमा सजाय भोगिरहेका ६ हजार १३४ जना पुरुष र महिला कैदीलाई क्षमादान प्रदान गर्नुभएको छ ।”
त्यसैगरी ५२ जना विदेशी कैदी पनि रिहा गरी आफ्ना देशमा प्रत्यर्पण गरिने बताइएको छ ।
फेब्रुअरी सन् २०२१ मा भएको सैनिक विद्रोहपछि हजारौँ प्रदर्शनकारी र मानवअधिकारकर्मीलाई पक्राउ गरिएको थियो । यसले म्यानमाको छोटो लोकतान्त्रिक अनुभवलाई समाप्त पार्दै देशलाई गृहयुद्धतर्फ धकेल्यो ।
राष्ट्रिय सुरक्षा परिषद्का अनुसार, वार्षिक कैदी रिहाइ कार्यक्रम ‘मानवीय र दयालु कारण’ का आधारमा आयोजना गरिएको हो ।
शनिबार बिहान याङ्गुनस्थित इन्सेइन जेल बाहिर सयौँ नागरिकहरूले आफ्ना परिवारका सदस्यहरूको रिहाइको प्रतीक्षामा कागजात बोकेर उपस्थित भएका थिए ।
यसैबिच, म्यानमाको सेनाले महिना लामो चरणबद्ध निर्वाचन सुरु गरेको छ । सेनाले यसलाई लोकतन्त्र फर्काउने प्रयासको रूपमा प्रचार गरे पनि मानवअधिकारकर्मी र पश्चिमी कूटनीतिज्ञहरूले यसलाई सैनिक शासनको पुनः ब्रान्डिङ भएको भन्दै आलोचना गरेका छन् ।
सैन्य समर्थक युनियन सॉलिडारिटी एण्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी) ले पहिलो चरणमा निर्णायक अग्रता लिएको छ । आधिकारिक नतिजा अनुसार हालसम्म तल्लो सदनका ९० प्रतिशत सीट यूएसडीपीले जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण