अनिल कपुरले किने ‘नायक’ को राइट्स, २५ वर्षपछि बन्ने भयो सुपरहिट फिल्मको सिक्वेल
सारांश
- अनिल कपुर, रानी मुखर्जी र अमरीश पुरी अभिनित फिल्म 'नायक' को सिक्वेल बन्ने पक्का भएको छ।
- अनिल कपुरले निर्माता ए.एम. रत्नमबाट फिल्मको कानुनी अधिकार खरिद गरेका छन्।
- सन् २००१ मा रिलिज भएको यो फिल्म दक्षिण भारतीय फिल्म 'मुधल्वन' को हिन्दी रिमेक थियो।
मुम्बई । सन् २००१ मा रिलिज भएको अनिल कपुर अभिनित सुपरहिट फिल्म ‘नायक’ को सिक्वेल बन्ने पक्का भएको छ। फिल्म रिलिज भएको झण्डै २५ वर्षपछि अनिल कपुरले यसको दोस्रो भाग ल्याउने तयारी थालेका हुन्। यसका लागि उनले निर्माता ए.एम. रत्नमबाट फिल्मको कानुनी अधिकार (राइट्स) समेत खरिद गरिसकेका छन्।
भर्खरै सार्वजनिक भएको एक रिपोर्ट अनुसार, ‘सनम तेरी कसम’ जस्तो चर्चित फिल्म बनाएका निर्माता दीपक मुकुटसँग यसअघि फिल्मको राइट्स थियो। तर, अनिल कपुरले फिल्मको विषयवस्तु र लोकप्रियतालाई मध्यनजर गर्दै ती अधिकारहरू अब आफ्नै पोल्टामा पारेका छन्। ‘नायक’ अनिल कपुरको करियरकै उत्कृष्ट र उनको हृदयको नजिक रहेको फिल्म मानिन्छ, त्यसैले पनि उनी यसको स्वामित्व आफैँसँग राख्न चाहन्थे।
दर्शकहरूले वर्षौँदेखि यो फिल्मलाई दिएको माया र यसको कथामा रहेको नयाँ सम्भावनालाई देखेर अनिलले सिक्वेल बनाउने निर्णय लिएका हुन्। सन् २००१ मा रिलिज भएको यो फिल्मलाई दक्षिण भारतीय चर्चित निर्देशक शंकरले निर्देशन गरेका थिए।
यो फिल्म उनको आफ्नै तमिल फिल्म ‘मुधल्वन’ को हिन्दी रिमेक थियो। जसमा अनिल कपुरका साथै रानी मुखर्जी, पूजा बत्रा, अमरीश पुरी र परेश रावलको मुख्य भूमिका रहेको थियो।
वास्तवमा ‘नायक’ को सिक्वेल बन्ने चर्चा सन् २०१३ देखि नै चल्दै आएको थियो। त्यतिबेला फिल्मको नाम ‘नायक रिटर्न्स’ रहने भनिए पनि निर्माण पक्षबाट आधिकारिक घोषणा हुन सकेको थिएन।
त्यसपछि सन् २०१७ मा पनि बाहुबलीका लेखक भी. विजयप्रसादले यसको स्क्रिप्ट तयार पारिरहेको खबर बाहिरिएको थियो, तर फिल्म सुटिङको चरणमा पुग्न सकेन।
अहिले अनिल कपुर आफैँले राइट्स किनेपछि भने फिल्मको सिक्वेल बन्ने कुरामा अब कुनै शङ्का बाँकी छैन। लामो समयपछि एक दिनको मुख्यमन्त्रीका रूपमा अनिल कपुरलाई फेरि पर्दामा देख्न दर्शकहरू निकै उत्साहित हुने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण